७ बैशाख २०८१, शुक्रबार

बागलुङमा मोटरसाइकलले ठक्कर दिँदा बालक गम्भिर घाइते 

बागलुङ । मध्यपहाडी लोकमार्ग अन्तरगत बडिगाड गाउँपालिका ६, ठूलावेसिमा मोटरसाइकलले ठक्करदिँदा एक वालक गम्भिर घाइते भएका छन् । सोहि गाउँपालिका वडा नं. ६ घ्वाँगका १३ वर्षिय अमृत थापालाई लु ३१ प ३६०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । 

घाइतेको अवस्था गम्भिर भएकोले हेलिकप्टरमार्फत पोखरा पुर्याई मनिपाल अस्पतालमा उपचार सुरु भएको घाइतेसँगै रहनुभएका वडाध्यक्ष मौसमकाजि क्षेत्रीले धरातल अनलाईनलाई जानकारी दिनुभयो । घाइते वालक अचेत रहेको र सिसियुमा राखेर उपचार चलिरहेको अस्पताल श्रोतले जनाएको छ । 

मोटरसाइकल चालक बडिगाड गाउँपालिका ५ का शिखर गिरिलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको खार प्रहरीचौकीले जानकारी दिएको छ । विपरित दिशाबाट आइरहेको जिपलाई साइड दिनेक्रममा वच्चालाई लागेको प्रत्यक्षदर्शिले बताएका छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्