लोकदोहोरी क्षेत्रका कान्छा मोडल खत्रीको अभिनयको तारिफ नै तारिफ 

बुटवल । समाजमा घट्ने यथार्थ घटनालाई टपक्क टिपी निकै मर्मस्पर्शी ढंगले प्रस्तुती गरिएको गित ‘अनुसन्धान’ । आफुले दुःखले जोडेको सम्पत्ति सौतेनी छोरालाई हुनुभन्दा उसको दम्पत्तिको हत्या गराएर सम्पत्ति आफ्ना छोरीहरुलाई सुम्पने योजना बनाएकी आमाको पर्दापछाडीको रुप ‘अनुसन्धान’ ले पर्दाफास गर्छ ।

गीतको कथालाई सार्थक बनाउन निर्देशक र यसमा अभिनय गर्ने कलाकारको मुख्य भुमिका हुन्छ । यो सामाजिक कथालाई निर्देशक डि.आर. सुजनले भिडियोमा जस्ताको तस्तै उतार्ने कोसिस गरेका छन । गीतको म्युजिक भिडियोमा लक्ष्मी गिरी, किशोर खत्री, आयुष्मा कार्की, मनिकुमार राई (हुक्का दाई), राजु गैरे, साधना खडका, सुनिता बाईवा, लोकराज थापा, विनोद कार्की, मोनिका राय, कृष्ण पहाडी, शंकर लामा, कृष्ण पोखरेल, अनिश पाठकलगायतको अभिनय रहेको छ । म्युजिक भिडियोमा सवै कलाकारको अभिनय अब्बल छ ।

कुरा गरौँ, यस भिडियोका मुख्य पात्र किशोर खत्रीको । लोक दोहोरीको क्षेत्रमा कान्छा मोडलको रुपमा परिचित किशोर अहिले चर्चामा छन, कारण उनले ‘अनुसन्धान’मा गरेको उत्कृष्ट अभिनय । गीत बजारमा आएदेखि नै उनले चौतर्फी वाहवाही बटुलीरहेका छन । 

आफ्नो जीवनसाथी गुमाउनु पर्दाको पिडाले विक्षिप्त रहेका श्रीमानको भुमिकामा देखिएका किशोरको अभिनय अब्बल मानिएको छ ।  आमाको दर्जा दिएकी सौतेनी आमाले नै आफ्नो श्रीमतीको हत्या गरेको थाहा पाउँदा यो पात्र निकै दुखित हुन्छ । यो चरित्रलाई उनले निकै लोभलाग्दो ढंगले निभाएका छन । फिल्मी शैलीमा निमार्ण भएको यो म्युजिक भिडियो निकै मर्मस्पर्शी छ ।

बहुचर्चित गायिका विष्णु माझि र अशोक विकको स्वर रहेको गीतमा सागर रेग्मीको शब्द तथा गायक तथा मोडल किशोर खत्रीको लय सिर्जना रहेको छ । गीतको म्युजिक भिडियोमा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको छ ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय