धर्नामा बसेका पत्रकारहरु डाको छोडेर छाति पिटी–पिटी रुन थालेपछि... (भिडियो)

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको गेट अगाडी पत्रकारको रुवाबासी चलेको छ । सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयक फिर्ता गर्नुपर्ने आन्दोलनका कार्यक्रम अनुसार पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय अगाडी रँदै धर्ना दिएका हुन । नेपाल प्रेस युनियनको आयोजनामा धर्नामा बसेका पत्रकाहरुले सरकारले ल्याएको बिधेयक फिर्ता गर्न माग समेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिँदै पत्रकारहरु डाको छाडेर रोएका थिए । धर्नापछि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलाबल्लभ घिमिरेले बिधेयक पत्रकारलाई नियमन गर्नभन्दा पनि नियन्त्रण मुखी भएर आएको आरोप लगाए । उनले पत्रकारलाई थुन्नु नै पर्छ भन्ने उदेश्यले अभिप्रेरित भएर मिडिया काउन्सिल सम्बन्धि बिधेयक आएकोले तत्काल यो बिधेयक फिर्ता गर्न माग गरे ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष बिक्रम लुईटेलले  मिडिया काउन्सिल सम्बन्धि विधेयकमा ल्याईएको जरिवाना सम्बन्धि ब्यवस्था नै गलत भएको बताए । यनले कुन कसुरमा कस्तो दण्ड भन्ने स्पष्ट ब्यवस्था नभएको बताए । कार्यक्रममा प्रेस युनियनका जिल्ला सचिव कुमार लुईटेलले धर्ना कार्यक्रमको बारेमा धारणा राखेका थिए । पत्रकारहरुले ११ बजे पछि जिल्ला प्रशासन कार्यालयमा रुँदै धर्ना दिएका थिए ।

 
धर्नामा बसेका पत्रकारहरु डाको छोडेर रुन थालेपछि...

नेपाल प्रेस युनियन मोरङ शाखाको आयोजनामा आज आयोजित सञ्चार विधेयक बिरुद्व रुने कार्यक्रममा सञ्चारकर्मीहरु जिल्ला प्रशासन कार्यलय मोरङको गेटमा । भिडियो लाईभ :प्रेम देवान #आवर_बिराटनगर http://www.dharatalonline.com/news/377

Posted by Dharatal TV HD on Sunday, May 19, 2019

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय