७ बैशाख २०८१, शुक्रबार

भिडियो गेम खेलेरै वार्षिक सवा २ करोड कमाउँछन् १४ वर्षे बालक

आजकलका बालबालिकाहरु भिडियो गेम खेल्न निकै मन पराउँदछन् । कतिपय बालबालिकामा भिडियो गेमको लतले अभिभावकहरु वाक्क दिक्क बन्छन् । तर अमेरिकामा एकजना १४ वर्षका बालकको भिडियो गेम खेल्ने लतले उनका बाउआमालाई मालामाल बनाइदिएको छ ।

ती बालकले धेरै भिडियो गेम खेल्दा उनका बाउआमाले गाली होइन स्याबासी दिन्छन् । नदेउन् पनि किन ? उनले भिडियो गेम खेलेरै एक वर्षमा झण्डै सवा २ करोड रुपैयाँ बराबरको रकम कमाएका छन् ।

उनको नाम ग्रिफिन स्पिकोस्की हो । उनी न्यूयोर्कमा बस्दछन् । उनलाई भिडियो गेम खेल्न निकै मन पर्दछ । उनी हरेक दिन १८ घण्टासम्म फोर्टनाइट भिडियो गेम खेल्दछन् । साथै उनले आफ्नो भिडियोलाई आफ्नो युट्युब च्यानल स्केपटिकमा पनि अपलोड गर्दछन् । युट्युबमा उनले अपलोड गर्ने भिडियोबाटै उनले प्रसस्तै रकम कमाउने गरेका छन् ।

उनको युट्युबम च्यानलमा १२ लाख सब्सक्राइबर छन् । उनका भिडियोमा ७ करोड १० लाख भ्यूज पुगिसके ।

ग्रिफिनका आमाबुवाका अनुसार उनको ध्यान सधै भिडियो गेममै रहन्छ । भिडियो गेमप्रति उनको लगाव तथा सफलता देखेर आफुहरु अचम्ममा पर्ने गरेको ग्रिफिनका बाबुआमा बताउँछन् ।

भिडियो गेम खेलेरै युट्युबबाट गरेको मोटो आम्दानीका कारण ग्रिफिनका लागि एकजना वित्तिय सल्लाहार तथा एकजना लेखापाल पनि नियुक्त गरिएको छ ।

स्मरण रहोस् गवर्ष फोर्टनाइड गेममा एकजना चर्चित खेलाडिलाई हराएसँगै ग्रिफिट चर्चामा आएका थिए । उनले उक्त खेलको भिडियो युट्युबमा अपलोड पनि गरेका थिए । जसलाई ७५ लाखले हेरेका थिए । सोही भिडियोको भ्यूजका कारण पहिलोपटक उनलाई १ सय डलर आम्दानी भएको थियो । त्यसपछि उनको आम्दानी लगातार बढ्दै गएको छ ।

ग्रिफिनका बुवाआमाका अनुसार उनले ३ वर्षको छँदादेखि नै भिडियो गेम खेल्न सुरु गरेका थिए । भिडियो गेमप्रतिको उनको लगावलाई मध्यनजर गर्दै उनको स्कुल पनि छुटाइएको छ । अहिले उनले घरबाटै अनलाइन माध्यमबाट पढ्ने गर्दछन् । साथै भिडियो गेम खेलेरै घरमा बसीबसी करोडौँ कमाई पनि गरिरहेका छन् । एजेन्सी 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्