८ बैशाख २०८१, शनिबार

उमरीलाई एकता स्मार्ट कृषि गाउँ बनाईदै 

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुर उमरी गाउँलाई स्मार्ट कृषि गाउँ बनाइने भएको छ । एकता स्मार्ट कृषि गाउँको सोमबार प्रदेश न ५ का भुमि व्यवस्था एवम कृषि सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गरिन  । प्रदेश सरकारले ५२ वटा गाउँलाई स्मार्ट कृषि गाउँ निमार्ण गर्ने अभियान अन्तगरगत उमरी गाउँलाई बाख्रापालन र तरकारी खेतीको लागी छनोट गरिएको हो । 

मन्त्री पौडेलले प्रदेश सरकारबाट छनोटमा परेका गाउँलाई कृषिको जग बनाउनुपर्ने वताईन । प्रदेश सरकारको ५० लाखको लगानीमा स्मार्ट गाउँ निमार्ण हुन लागेको भन्दै गाउँवासीको सहयोग अनिवार्य रहेको उनको भनाई छ ।

स्मार्ट गाउँ उमरी प्रदेशको पहिलो नम्बरमा ल्याउन सकिने सम्भावना धेरै रहेकोले अब कोहि पनि खाली बस्न नहुने उनले बताईन् ।  प्रदेश सरकारले करारमा जग्गा व्यवस्थापन गर्ने भएकोले बाझोे जग्गा अब कतै देख्न नपर्ने उनले जिकिर गरिन ।
मन्त्री पौडेलले सरकारले वास्तविक किसानहरुलाई छनोट गरेर अनुदान दिने गरेको दाबी गरिने । “फाईल हेरेकै भरमा अनुदान दिने प्रवृति बन्द भयो अब वास्तविक किसानले अनुदान पाउँछन” पौडेलले भनिन । 

सहकारीहरुले बचत र ऋणको मात्र काम गरेको भन्दै सहकारीहरु अब ब्यवसायमा उन्मुख हुनुपर्ने मन्त्री पोडेलले बताईन । सहकारीहरुले रोजगारी र सिपमुलक तालिम प्रदान गर्न आवश्यक रहेको मन्त्री पौडेलको तर्क छ ।

प्रदेश सांसद अर्जुन केसीले काम नगर्ने किसानलाई सरकारले प्रोत्साहन नगर्ने बताएका छन । उमरी गाउँ प्रदेशकै नमुना बन्नेमा सांसद केसीले जोड दिए । उनले भने, “उमरी गाउँलाई अन्य गाउँका कृषकहरु हेर्न आउने वातावरण सिर्जना गर्नुपर्छ त्यसको लागी उमरीवासीको मेहनत चाहिन्छ ।”

सांसद केसीले प्रदेश सरकारले कृषि हाटवजार व्यवस्थापनको लागी बजेट विनियोजन गरेकोले बजारको समस्यालाई समाधान गरिने बताए । गाउँहरुमा सिचाईको समस्या रहेकोले सिँचाई पु¥याउनको लागी प्रदेश र संघिय सरकारमा पहल गर्ने उनले बताए । नजिकै सरही खोला रहेकोले सिँचाईको सहज रुपमा ब्यवस्थापन गर्ने आधारहरु धेरै रहेको उनको भनाई छ ।

यस्तै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले उमरी गाउँ पहिले देखीनै कृषिमा अब्बल रहेकोले अब थप टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रदेश सरकारकै छनोटमा परेकोले यसलाई नमुना बनाउने दायित्व सबैको रहेको उनले वताए ।

मौलिक पहिचान भएका कृषि वस्तु तथा सेवाको उत्पादन तथा प्रवद्र्धन गर्ने उद्देश्य राखेर प्रदेश सरकारले निजीकृषक समूह, स्थानीय तह, सहकारी कृषि विश्वविद्यालय, नेपाल कृषि अनुसन्धान परिषद्लगायतको साझेदारीमा स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएपश्चात स्थानिय हर्षित भएका छन् ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्