८ बैशाख २०८१, शनिबार

जो सेवा प्रवाहलाई सहज बनाउन लागि पर्नुभएको छ !

गुल्मी । परिर्वतन गर्न आफैबाट सम्भव छ भन्ने उदारण गुल्मी प्रशासनबाट लिन सकिन्छ । कार्यालय प्रमुख आउँछन् जान्छन् तर केही यस्ता पनि हुन्छन, जसले काममा सहजता ल्याउने प्रयास गर्दछन् । कतिपय कार्यालय प्रमुख तलव भत्ताका लागि मात्र नभएर समाज परिवर्तनका लागि केही गरौँ भन्ने सोचले र कामले उदाहरणीय पात्र पनि बनेका छन । 

यदुनाथ पौडेल, जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारीका रुपमा आएसँगै प्रशासनका काम कारबाहीमा धेरै परिवर्तन आएको छ । कार्यालयको समेत नियमित अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले आफनै कार्यालयबाट केही गर्न सकिन्छ भन्ने सन्देश दिनेगरी काम गर्दै आउनुभएको छ । सुरुमै प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासनमा बिचौलीएको बिगबिगीलाई अन्त्य गर्ने काम गर्नुभयो ।

प्रशासनको प्रवेशद्वारमै नागरिक सहायता कक्ष राखेर खटिएका कर्मचारीले के काम लिन आएको हो ? सोधपुछ गरी सम्बन्धित कोठामै पु¥याएर सेवा प्रवाहलाई सहज बनाउनुभयो । यसले नागरिकहरुलाई प्रशासनको काममा निकै सहज बनायो । 

प्रशासनको काममा सेवाग्राहीलाई कुनै पनि निवदेन लेख्न पैसा खर्च गर्न नपर्ने व्यवस्था मिलाउनुभयो। प्रशासनकै खर्चमा छपाई भएका २२ प्रकारका निवेदन र अन्य फारम निःशुल्क उपलब्ध गराएपछि राहदानीको राजश्वमा लाग्ने दस्तुर बाहेक एक पैसा पनि खर्च नगरी सेवाग्राहीले सेवा लिने वातावरण अधिकारीले बनाउनुभयो ।

प्रशासनमा डिजिटल वडापत्र राखिएको छ । जसबाट कुन शाखाबाट के काम हुन्छ भन्ने जानकारी सेवाग्राहीले सहजै पाउँछन र सेवाग्राही प्रशासनका काममा अलमल पर्नुपर्दैन । सेवाग्राहीको सहजताका लागि प्रशासन कार्यालयमा इन्टरनेटलाई निशुल्क गरिएको छ । प्रशासन मै निशुल्क इन्टरनेट भएपछि कुनै पनि जानकारी लिन र पठाउन सेवाग्राही बजार चाहर्नु पर्दैन । यस्तै प्रशासनले अन्य जिल्लाबाट अभिलेख पठाउन र पाउने पनि व्यवस्था मिलाएको छ, यसले सेवाग्राही बाहिर धेरै रकम खचिर्नु पर्ने बाध्यता हटेको छ ।

प्रशासनको काम र सेवाग्राहीलाई काम गर्न सहज बनाउनको लागि सिसी क्यामरा समेत जडान गरिएको छ । कुन ठाउँमा के काम भइरहेको छ ? सबै जानकारी प्रमुख जिल्ला अधिकारीले हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ ।  यसले पनि प्रशासनको काममा पारदर्शिता ल्याएको छ । 

प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासनका कामलाई सुधार गर्न धेरै सुधारका काम गर्नुभएको छ । उहाँले सदरमुकामका फोटो स्टुडियो सञ्चालकलाई जिल्ला प्रशासनमा बोलाएर फोटाको सहुलियत दर निर्धारण गरेर सेवाग्राही सेवा लिन आउँदा उक्त फोटाको बिल समेत लिएर आउनुपर्ने अनिवार्य गर्नुभएको छ । यसले प्रशासनिक काममा सेवाग्राहीलाई ठगिनबाट रोक्नुका साथै काम गर्न सहज बनाएको छ । बाहिर १० रुपैयाँको हुलाक टिकट समेत १५ रुपैयाँमा बेच्ने चलन तोड्दै १० रुपैयाँमै प्रशासनभित्र टिकट दिने व्यवस्था गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा यतिबेला अधिकतम सेवा एकै ठाउँमा पाउने व्यवस्था गरिएको छ । प्रशासनको कामको शिलसिलामा विचौलियाले बाहिर सामान्य निबेदन लेखेको पनि ५ सयदेखि १ हजारसम्म लिने गरेका थिए । जिल्ला बाहिरबाट अभिलेख ल्याउने र पठाउने गर्दा पनि उत्तिकै रकम लिने गरेका थिए । यो काम प्रशासन कार्यालमै हुने व्यवस्था मिलाएपछि सेवाग्राहीको ठूलो रकम बचत भएको छ । प्रशासन कार्यालय गुल्मीमा हाल कुनै पनि कामको लागि १५ मिनेट भन्दा बढी सयम कुर्न नपर्ने गरी सेवाप्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ । 

सहायता कक्षबाट निबेदन लगायत कार्यालयको कुनैपनि जानकारी लिन पाउँदा सेवाग्राहीलाई सहजता भएको छ । प्रशासनको कामको लागि जिल्ला प्रशासन कार्यालय पुग्नुभएका धुर्कोट गाउँपालिका हाडहाडेका मेहिसिंह श्रीसले सहायता कक्षबाट निबेदन लगायत धेरै जानकारी दिने कामको सुरुवातले सयम बचत र सजिलो भएको बताउनुभयो । उहाँले निबेदन लेख्न नजान्नेहरुको लागि धेरै सजिलो र बाहिर लेख्दा पैसा लिने गरेकाले यहाँ निशुल्क पाउँदा फाइदा भएको बताउनुभयो । 

प्रशासनले यसवर्ष सेवाग्राही सेवा लिनबाट बञ्चीत नहुन भन्ने उदेश्यले कुना काप्चामा रहेका सबैलाई सेवा दिने उदेश्यले गाउँगाउँमा एकिकृत घुम्ती शिबिर सञ्चालन समेत गरिएको छ । प्रशासनले ४ वटा स्थानिय तहको ६ वटा स्थानमा राखेको घुम्ती शिबिरबाट १ हजार ७ सय ७९ जनाले नागरिकता लिएका थिए । 

गाउँमै पुगेको सेवाले सेवाग्राहीलाई सेवा प्रवाहमा सहज हुनुका साथै समय र पैसाको पनि  बचत गराएको छ । प्रमुख जिल्ला अधिकारीले पौडेल कार्यालयको काम बाहेक अरु धेरै कार्यमा सुधारको प्रयास गर्नुभएको छ । उहाँ जिल्लामा अरु सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ ।

प्राप्त प्रतिकृयाहरू

Hem Bishwakarma लेख्नुहुन्छ (२०७६ जेठ ९ बिहीबार ५:१७ pm )

Ekdam Ramro

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्