१६ चैत २०८०, शुक्रबार

३ दिनपछी सिस्नेरी पहिरो हट्याे, ३६ घण्टापछी मनेवाफेदी लब्दी सडक एकतर्फि शुचारु

बाग्लुङ ।  बडिगाड गाँउपालिका वडा नं. ६ सिस्नेरीमा खसेको पहिरो हटाएपछी विगत ३ दिनदेखी अबरुद्ध सडक खुलेको छ । पहिरो निरन्तर खसिरहेको र सडकको बेस समेत पहिरोले बगाएका कारण सडक खुलाउन समय लागेको पालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए । 

मंगलबार देखी नै जेसिवीको प्रयोग गरेर सडक खुलाउने प्रयास गरेतापनि सफल हुन नसकेपछी ठुलो मेसीनको प्रयोग गरेको सडक खुलाइएको पाइजाले धरातल अनलाइन्लाई बताए । सडक खुलेपछी ३ दिनदेखी रोकिएका यातायातका साधन गन्तव्य तर्फ लागेका छन । 

यसैविच गलकोट नगरपालिकाको मनेवाफेदी लब्दी सडक खण्ड ३६ घण्टापछि एकतर्फि रुपमा शुचारु भएको छ । २ दिन देखी सडक खुलाउने प्रयास गरेपनि विशाल चट्टानका कारण एकतर्फिमात्र खुलाउन आज सफल भएको वडा अध्यक्ष डम्बर बाहादुर श्रीसले धरातल अनलाईनलाई जानकारी दिए । पुर्ण रुपमा सडक खुल्न भने केहि समय लाग्ने समते श्रीसले बताए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्