स्थानीयको जनश्रमदानमा लिफ्टिङ खानेपानी आयोजना

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवा मस्लाङ्ग क्षेत्रमा स्थानीयवासीको जनश्रमदानमा लिफ्टिङ प्रणालीमार्फत खानेपानी आयोजना निर्माणको काम भइरहेको छ ।

वषौँदेखि खानेपानीको चरम समस्या भोग्दै आएका यहाँका ८० घरपरिवारका स्थानीयवासीले श्रमदान गरेर आयोजना निर्माणका काम गरिरहेका छन ।

हालसम्म यहाँका एक घरबाट १२ जना गरी ९६० जना उपभोक्ताले जनश्रमदान गरिसकेको उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर नेपालील बताउनुभयो । “काम अहिलेसम्म ६० प्रतिशत जति सम्पन्न भएकाले अझै आठ सयको हाराहारीमा जनश्रमदान लाग्नेछ, उपभोक्ताहरु खुशी भएर जनमश्रमदानमा जुट्नुभएको छ” उहाँले भन्नुभयो ।

काम तीव्र गतिमा अगाडि बढिरहेको छ, आउँदो दशैँसम्ममा आयोजनाको काम सम्पन्न गरी घरघरमा धारामा पानी पु¥याउने लक्ष्यका साथ निर्माण कार्यमा अगाडि बढेको उहाँले बताउनुभयो । यहाँका स्थानीयवासीले जनश्रमदान मात्र नभई आयोजना निर्माणका लागि प्रतिघर परिवारबाट रु पाँच हजार रकमसमेत सहयोग गरेका छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय