६ बैशाख २०८१, बिहीबार

कालीगण्डकी नदी किनारमा बेवारिसे शव फेला

गुल्मी । गुल्मीको कालीगण्डकी नदी किनारमा बेवारिसे शव फेला परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका २ कालिगण्डकी नदी किनारमा महिलाको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले धरातल अनलाईनलाई बताए । 

बेवारिसे अबस्थामा फेला परेको शव अन्दाजी ३० वर्ष भन्दा माथी उमेरकी महिलाको रहेको प्रहरीले जनाएको छ । सडेको अबस्थामा रहेको शवको टाउकाको आधारमा प्रहरीले महिला भनेर मात्रै चिनेको प्रहरी निरिक्षक खड्काले बताए । 

शवलाई पोष्टमार्टको लागि गुल्मी अस्पताल ल्याइदै छ । शव पहिचाहनको लागि छिमेकी जिल्लाहरुमा पनि समन्वय भइरहेको प्रहरीले जनाएको छ । गुल्मीसँगै सिमानामा पर्वत र स्याङजा जिल्ला पर्दछन् । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्