गुल्मीमा करेन्ट लागेर एकको मृत्यु, एक घाईते

गुल्मी । जिल्लाको मालिका गाउँपालिका छापहिलेको सिद्धपातीमा करेन्ट लागेर एक युवतीको घटनास्थलमै मृत्यु भएको छ भने एक युवती गम्भिर घाईते भएकी छन । करेन्ट लागेर सोहि गाउँपालिका १ भलखाँडाकी  करिब १९ बर्षिय  बिनिता रसाइलीको मृत्यु भएको मालिका गाउँपालिका ६ का वडाध्यक्ष शोभाखर गिरीले धरातल अनलाईनलाई बताए । 

करेन्ट लागेर मालिका गाउँपालिका ६ अर्जेकी १८ वर्षिय जुना बिश्वकर्मा गम्भिर घाईते भएकी छन । उनलाई थप उपचारकाले लागि जिल्ला अस्पताल तम्घास ल्याईदै गरेको प्रहरीले जनाएकोे छ । स्थानीय चन्द्र बहादुर महताराका अनुसार साइली र बिश्वकर्मा अर्जे माविमा कक्षा ११ को परिक्षा दिएर घर फर्कदै थिए । 

घरमा जाँदै गरेका २ जना युवती छापहिलेमा बाटोमा बिजुलीको पोलमा बाटो भन्दा २ मिटर परबाट तानेर पोलमा टास्सीएको अबस्थामा फेला परेको गिरीले बताए । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय