हाय मेरो फरिया, झन माथि सा¥यो झन तल झर्छ...

सम्झने शक्ति चिलिम  हुँदै गएको छ, २०६४ को तिज आसपास हो जस्तो लाग्छ लोकगायिका विष्णु माझीले ‘हाय मेरो फरिया, झन माथि सा¥यो झन तल झर्छ हाय मेरो फरिया’ बोलको गित बजारमा ल्याएकी थिईन । उस ताका यो गीत चर्चित पनि भएको थियो । 

जन्मघरको सुखसयल, मायाममतामा हुर्किएकी चेली विहेपछि जब कर्मघर पुग्छिन तब उनका दुखका दिन सुरु हुन पुग्छन । संयुक्त परिवारमा नौली बुहारीका दुःख कति हो कति । परिवारमा सबैको मानमनितो राख्नैपर्ने, बस्तुभाउका घाँसपात, चुलोचौकोको काम अनेक अनेक काम, कामको चाप धेरै हुने तर समयमा खान नपाउँदा नौली बुहारीको कसिलो र भरिलो ज्यान सुक्दै जाने गर्दथ्यो रे । ज्यान कसिलो र भरिलो हुँदा पो जे जस्तो कपडा लगाएपनि सुहाँउने हुन्छ । दुब्लो ज्यान भएपछि त लगाएको कपडा सुहाँउदैन, ज्यानमा अडिदैन, दुब्लाएर कम्मर पातलिदै जादाँ फरियालाई जति माथि सा¥यो उति तल झर्ने नै भयो । चेलीहरु तीजमा माईत आएर आफु दुब्लाएको, दुःख पाएको पिडालाई गीत मार्फत ब्यक्त गर्दथे । गायिका विष्णु माझीले हाम्रा बुढिआवै, आमाहरुका यही पिडालाई गीत मार्फत बाहिर ल्याएकी थिईन तर जनमानसमा अर्कै बुझाई आयो । बैशले मत्त भएर मात्तिएका नारीहरु फरिया तल सारेर नाच्न थाले, अङ्ग प्रदर्शन गर्ने भनेर बुझियो । 

विष्णु माझीको गितलाई अर्कै अर्थमा बुझे झै अहिले सरकारलाई पनि अलि पिडा भएजस्तो देखिन्छ । मोटरसाईकलमा पछाडी बस्नेले पनि हेल्मेट लगाउने ब्यवस्था अनिबार्य गराउन खोज्दा सरकारको आलोचना अति भएको देखियो । नेपालले एक बर्षको अवधिमा करिब १४ खर्बको आयात गर्छ तर यहाँ हेल्मेट आयात गर्दा सरकारले १३/१४ अर्ब विदेश पठाउन लागे जसरी प्रचार गरियो, कालोबजारलाई बढावा दिएको आरोप लगाईयो । सडक, आकाशेपुल, पैदलमार्ग पो बनाउनुपर्छ एक मोटरसाईकलमा २ हेल्मेट हुनुहुँदैन जस्ता तर्क आएका छन । यो विरोधको लागी विरोध हो जस्तो लाग्छ । मेरा छिमेकीले हेल्मेट सही तरिकाले नलगाएको बखत दुर्घटना हुँदा टाउको सडक किनाराको नालीमा ठोक्किएर ज्यान गुमाउन पुगेका थिए । हेल्मेट लगाएर हुन सक्ने अपराधलाई न्युनीकरण गर्नको लागी सुरक्षा ब्यवस्था चुस्तदुरुस्त गराउने हो भने न्युरोको उपचार गर्ने केही अस्पताललाई बाहेक २ हेल्मेटको ब्यवस्थाले कसैलाई हानी गर्दैन । 

२०६३ पछि तत्कालिन माओवादी शान्ति प्रक्रियामा आईसकेर चुनाव हुँदै सरकारको नेतृत्व पटकपटक गर्दा प्रचण्ड र हिशिला यमीलाई लक्षित गरी निम्नस्तरका आरोप लगाउँदै अनेक समाचार लेखिए । राजनितिक पुर्वाग्रहबाट प्रेरित ती समाचार पुष्टी हुन सकेनन तर कार्यकर्ता र जनतामा अनेक भ्रम पार्न सफल भए । अनलाईन मिडिया मार्फत अग्रपङ्तिमा प्रचण्ड, हिसिला र तत्कालिन माओवादीलाई प्रहार गर्नेमा नेपाली काङगे्रसका कार्यकर्ता थिएनन । तथ्य प्रमाण नभएका समाचार पस्कने, स्वार्थ प्रेरित भएर समाचार लेखेर कोही कसैको मानमर्दन गराउने पत्रकारलाई सजाय हुनैपर्छ । संसदमा छलफल हुन जान लागेको प्रस्तावित मिडिया काउन्सिल विधेयकमा राखिएको दण्ड सजायको ब्यवस्था सही छ, उपयुक्त छ । नेपाली मिडियामा बढेको अराजकतालाई नियमन गर्न जरुरी छ । 

सरकारी स्वामित्वबाट शक्तिशाली ब्यक्तिहरुको हातमा पुगेको सरकारी जग्गाको खोजविन गर्नको लागी ओली सरकारले नै शारदा प्रसाद त्रितालको नेतृत्वमा समिति गठन गरेको हो । हो त्यही समितिले नै बालुवाटारको सरकारी जग्गा ब्यक्तिको नाममा भईसकेको कुरा नामसहित बाहिर ल्याएको हो । शक्तिशाली ब्यक्तिमा डवल नेकपाका महासचिव पनि परेछन । महासचिव दोषी होलान नहोलान छानविनबाट स्पष्ट होला तर उनले सरकारले गर्ने छानविन र कारबाही भोग्न म सदा तयार छु छानविन गर्न सहयोग गर्छु भनेकै छन । ल मानौँ उनी शक्तिशाली भए कारबाही भएन रे त्यसको पनि त विकल्प छ नि, सम्भवत २०८० मा हुने चुनावमा उनलाई शानदार तरिकाले धुलो चटाईदिए भैगो नि । चुनावमा जनमतले हराउनु जस्तो ठुलो कारबाही अरु हुन्छ ?  बालुवाटार जग्गा प्रकरणमा समग्र सरकारलाई नै सरकारी जग्गा बेचुवा मासुवा भनेर खेदनु खेदिएको छ । त्रिताल प्रतिवेदनका कुराहरु बाहिर आईसकेपछि अहिले  हराएका, ब्यक्तिको नाममा लगिएका सरकारी जग्गाको विवरण देशभरीबाट नै आउन लागेको छ । ओली सरकार जग्गा बेचुवा नभएर जग्गा खोजुवा पो हो त । बरु प्रतिपक्षीले पनि जागरण अभियानसँगै आफ्नो  तर्फबाट खोजविन समिति बनाएर अघि बढे के नराम्रो हुन्थ्यो र ?

बर्तमान ओली सरकारको हरेक कामको पनि विरोध भएको देख्दा, अर्थको अनर्थ लगाएको देखिरहँदा, सुनिरहँदा मलाई विष्णु माझीको ‘हाय मेरो फरिया झन माथि सारो झन तल झर्छ हाय मेरो फरिया...’ गीतको झल्को आउने गरेको छ । गीत गाउने नारी बैशले मत्त भएकी हैनन उनी दुब्लाएको हुँदा फरिया तल झरेको हो । उन्माद र अहमता त बढैकै छ तर पनि केही काम गतिला पनि भएका छन । केही राम्रा काम गर्दा ओली सरकारलाई दुईतिहाईको उन्माद चढेसरी भो आरोप लगाउनु गलत हुन्छ की ?
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय