१५ चैत २०८०, बिहीबार

इस्माको अध्यक्ष कप भलिवल शुरु, जित्नेलाई ३३ हजार रुपैँया पुरस्कार

गुल्मी । इस्मा गाउँपालिकाको आयोजनामा अध्यक्ष कप भलिवल प्रतितियोगीता शुरु भएको छ । इस्मा गाउँपालिका ३ दर्लामचौरको ठाढुङ्गा माविमा संचालन भएको प्रतियोगीताको प्रदेश नं ५ का सांसद खडग बहादुर केसीले उद्घाटन गरेका छन् । प्रतियोगीताको उद्घाटन गर्दै सांसद केसीले खेल क्षेत्र र खेलाडीहरुको विकासका लागि प्रदेश सरकार लागि परेको बताए ।

खेलाडी उत्पादन गर्न, उनीहरुको वृति विकास गर्नको लागि सवैभन्दा पहिले खेल मैदान आवश्यक भएकाले अहिले खेल मैदान निर्माणको अभियान संचालन भएको केसीले बताए । उनले प्रदेश सरकारबाट इस्मा गाउँपालिका, रेसुङ्गा नगरपालिका र मुसिकोट लगायतका स्थानमा खेल मैदानको लागि बजेट बिनियोजन भएको बताए । साथै सांसद केसीले समृद्ध नेपाल निर्माणको अभियानमा राज्यका सवै संयन्त्र प्रयोग भइरहेकाले अबको केहि समयमै परिणाम प्राप्त हुने बताए । उनले अहिले आफुहरु निर्वाचनमा गरिएका बाचा पुरा गर्ने कुरामानै केन्द्रित भएकाले यहि कार्यकालमै सवै काम पुरा हुने बताए ।


प्रतियोगीतामा गाउँपालिका भित्रका वडाहरुबिच प्रतिस्प्रर्धा भइरहेको छ । प्रतियोगीतामा ११ समुहको सहभागीता रहेको गाउँपालिकाका स्रोत व्यक्ति लाल बहादुर कुवंरले बताए । प्रतियोगीता चैत्र २५, २६ र २७ गतेसम्म संचालन हुने कुवंरले बताए । प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने समुहले ३३ हजार पाँच सय, द्धतिय हुने समुहले २६ हजार सात सय, तृतिय हुनेले २० हजार प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए । त्यस्तै अनुशासित र उत्कृष्ट खेलाडीले १५÷१५ सय प्राप्त गर्नेछन् ।

अध्यक्ष कप भलिवल प्रतितियोगीताका संयोजक तथा इस्मा गाउँपालिका वडा नं ३ का वडाध्यक्ष तोयनारायण शर्मा सापकोटाको अध्यक्षता, सांसद केसीको प्रमुख आतिथ्यता तथा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टको बिशेष आतिथ्ता रहेको थियो । साथै गाउँपालिका उपप्रमुख बिमला खत्री, वडाध्यक्षहरु चुरा बहादुर खत्री, टीका रेश्मी, गनु प्रसाद अधिकारी, कलानिधी भण्डारी, हिरा जिसी, कार्यपालिका तथा गाउँसभा सदस्य, नेकपा इस्माका अध्यक्ष नारायण पैयानी, नेपाली कांग्रेसका गाउँ सभापति चन्द्र बहादुर महत लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।

प्रतियोगीताको पहिलो चरणमा वडा नं ३ दर्लाचौर र वडा नं ५ रजस्थलको ए समुहले प्रतिस्प्रर्धा गरेका थिए । जसमा वडा नं ५ रजस्थलको ए समुह बिजयी भएको छ । त्यस्तै वडा नं २ हस्तिचौरको ए समुह र वडा नं ४ दोहलीको बि समुहबिच भएको प्रचिस्प्रर्धामा वडा नं २ हस्तिचौरको ए समुह बिजयी भएको प्रमुख रेफ्रि हुम बहादुर चन्दले बताए । 

यसैबिच वडा नं २ हस्तिचौरको बि समुह र वडा नं ६ अमरपुरको ए समुहबिचमा भएको प्रतिस्प्रर्धामा वडा नं ६ अमरपुरको ए समुह बिजयी भएको छ । वडा नं ४ दोहलीको ए समुह र वडा १ हस्तिचौरको ए समुहबिच भएको प्रतिस्प्रर्धामा वडा नं ४ दोहलीको ए समुह बिजयी भएको चन्दले जानकारी दिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्