काठमाडौंका दुई स्थानमा सिलिण्डर विस्फोट, ३ जनाको मृत्यु

काठमाडौंको सुकेधारा र अनामनगरमा आइतबार अपराह्न ग्यास विस्फोटन हुँदा ३ जनाको मृत्यु भएको छ । सिलिन्डर पड्किएर सुकेधारामा दुई जना र अनामनगरमा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

सुकेधारामा ढलाने पुलनजिक सिलिन्डर विस्फोट भएकोहो। अनामनगरमा भने कोठाभित्र सिलिन्डर पड्किएको हो। घटनास्थलमा प्रहरीहरु खटिएका महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय