१६ चैत २०८०, शुक्रबार

‘गृहमन्त्रीविरुद्ध एउटा अनागरिक’

यदि भ्रष्टाचारको विरुद्ध बोल्दा 
राष्ट्रिय स्वाधीनताको पक्षमा उभिदाँ 
म एउटा अनागरिक हुन्छु भने
तिम्रो आरोप मलाई स्वीकार्य छ !!

यदि भारतले सिमा मिच्यो भन्दा
सुस्ता, कालापानी, लिपुमा झण्डा गाड्दा
म एउटा अनागरिक हुन्छु भने
तिम्रो आरोप मलाई स्वीकार्य छ !!

यदि महिला हिंसा अन्त्य गर भन्दा
निर्मला, मैनाका अपराधी खोइ ? सोध्दा
म एउटा अनागरिक हुन्छु भने
तिम्रो आरोप मलार्ई स्वीकार्य छ !!

यदि तराईमा बाढिले ज्यान लग्यो भन्दा
भारतीय बाँधमा बम हान्दै गर्दा 
म एउटा अनागरिक हुन्छु भने
तिम्रो आरोप मलाई स्वीकार्य छ !!

यदि तिम्रो दमन विरुद्ध धावा बोल्दा
क्रान्तिको दौरानमा मृत्यु वरण गर्दा
म एउटा अनागरिक हुन्छु भने 
तिम्रो आरोप मलाई स्वीकार्य छ !!
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्