पोर्चुगलमा रहेका गुल्मेलीहरु संगठीत   

पोर्चुगल । पोर्चुगलको अलेन्ते जो क्षेत्रमा बसोबास गर्ने गुल्मेलीहरु एकजुट भएका छन् । प्रवासमा रहेका गुल्मेलीहरुको ओदिमेराको मालभादोमा भेलाले गुल्मी  समाज अलेन्तेजो क्षेत्रीय  मालभादो  पोर्चुगल गठन गरेको छ ।

प्रेम राहाडीको अध्यक्षमा ११ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटीको वरिष्ठ उपाध्यक्ष टिका राना उपाध्यक्षमा ओमलाल तिमल्सिना सचिब दुर्गा के.सि. सह–सचिवमा रामहरी गिरि, कोषाअध्यक्ष नबराज शाहा रहेका छन् । 

एन.आर.एन.ए.पोर्चुगलका वरिष्ठ उपाध्यक्ष तिकक गैरेको विषेश उपस्थितीमा कमिटी गठन गरिएको हो । गुल्मी  क्षेत्रीय समाज अलेन्तेजो मालाभादो पोर्चुगलको प्रबत्तामा केशव अर्याललाई मनोनित गरिएको छ । सदस्यहरुमा राम लम्साल, हेम बहादुर रायमाझी, रमेश खरेल, बिस्नु प्रसाद ज्ञवाली रहेको प्रबत्ता केशव अर्यालले जानकारी दिए । 

सल्लाहाकारमा एन आर एन ए का वरिष्ठ उपाध्यक्ष  तिलर गैरे एन आर एन ए अलेन्ते जो क्षेत्रीय अध्यक्ष शिव वाग्ले प्रकाश देवकोटा काशिवन सन्यासी रहेका छन् । कार्यक्रममा बहुचर्चित कलाकार जे.बि ओलि प्रस्तुति रहेको थियो । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय