७ बैशाख २०८१, शुक्रबार

बैशको तातो कराईमा गायिका सहिमाको जवानी उम्लिएपछि...

बुटवल । चर्चित गायिका सहिमा श्रेष्ठको नयाँ आइटम गितको म्युजिक भिडियो ‘उम्लियो उम्लियो’ सार्बजनिक भएको छ । 

गीतकार किरण केसी “क्रोधी” को शब्द तथा संगीतकार आलोक श्रीको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका हुन । सुनिल क्षेत्रिले कोरियोग्राफी तथा निर्देशन गरेको म्युजिक भिडियोमा चर्चित मोडल अलिशा शर्माले आईटम डान्स गरेकी छन । 

दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक क्षेत्रमा पस्केर आफुलाई स्थापित गायिकाको रुपमा उभ्याउन सफल तथा स्टेज क्विनको उपाधि पाएकी गायिका हुन सहिमा । नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एकपछि अर्को उत्कृष्ट गितहरु बजारमा ल्याएर संगीत पारखीहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनी सुन्दरी गायिकाको रुपमा उनी परिचित छन ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्