गाउँमै अपाङता परिचय पत्र वितरण

इस्माका २ सय २७ ले पाए परिचय पत्र

गुल्मी । इस्मा गाउँपालिकाले गाउँ घरमै पुगेर दुई सय २७ जनालाई अपाङगता परिचय पत्र वितरण गरेको छ । इस्मा गाउँपालिकाका ६ वटा वडामा अपाङ्ग ८४ पुरुष र एक सय ४३ महिलाले अपाङगता परिचय पत्र पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए । 

गाउँपालिकाले गत बैशाख १५ गते वडा नं ६ को अम्मपुरबाट परिचय पत्र वितरण अभियान थालेको थियो । गाउँपालिकाका ६ वटै वडामा ‘क’ बर्गका ३२, ‘ख’ वर्गका ७९, ‘ग’ वर्गका ६१ र ‘घ’ वर्गका ६५ जनाले परिचय पत्र पाएको बस्नेतले बताए ।

त्यस्तै इस्मा गाउँपालिका वडा १ मा  ६ जना महिला र ११ पुरुष गरी १७ जनाले परिचय पत्र प्राप्त गरेका छन् । जसका ‘क’ वर्गका चार, ‘ख’ वर्गको १० र ‘घ’ वर्गका तीन जना रहेका छन् । वडा नं २ मा महिला ११ पुरुष १३ गरी २४ जनाले अपाङता परिचय पत्र प्राप्त गरेको गाउँपालिकाले जनाएको छ  । जसमा ‘क’ वर्गका तीन, ‘ख’ वर्गका सात साथै ‘ग’ र ‘घ’ सात/सात जनाले परिचय पत्र प्राप्त गरेका छन् । वडा नं ३ मा १३ महिला र २५ गरी ३८ जनाले परिचय पत्र पाए । जसमा ‘क’ वर्गका सात, ‘ख’ वर्गका नौ तथा ‘ग’ र ‘घ’ वर्गका ११/११ जनाले परिचय पत्र पाएका छन् । 

त्यस्तै वडा नं ४ मा पुरुष ३९ र महिला १६ जना गरी ५५ जनाले अपाङता परिचय पत्र पाएको वडाध्यक्ष गनु प्रसाद अधिकारीले बताए । ५५ जना मध्ये ‘क’ वर्गका पाँच, ‘ख’ वर्गका १९, ‘ग’ वर्गका १८ र ‘घ’ वर्गका १३ जनाले परिचय पत्र प्राप्त गरेका छन् । वडा नं ५ मा भने पुरुष १५ र महिला १६ गरी ३१ जनाले परिचय पत्र पाए । जसमा ‘क’ वर्गका चार, ‘ख’ वर्गका नौ तथा ‘ग’ र ‘घ’ वर्गका ९/९ जनाले अपाङता परिचय पत्र प्राप्त गरेका छन् । भने वडा नं ६ मा महिला २० पुरुष ४२ गरी ६२ जनाले परिचय पत्र प्राप्त गरेको वडाध्यक्ष हिरा जिसीले बताए । जसमा ‘क’ वर्गका नौ, ‘ख’ वर्गका १५, ‘ग’ वर्गका १६ र ‘घ’ वर्गका २२ जनाले अपाङता परिचय पाएको जिसीले बताए । 

अब गाउँपालिकाले प्रत्येक महिनाको ५ गते गाउँपालिकाबाट अपाङता परिचय पत्र वितरण गर्नेछ । अघिल्ला बर्षहरुमा महिला तथा बालबालिका कार्यालयले अपाङ्गता परिचय पत्र वितरण गर्ने गरेको थियो । कार्यालय खारेज भएपछि स्थानीय सरकारको काँधमा जिम्मेवारी थपिएको छ । गाउँपालिकाले अपाङ्ग परिचय पत्रसम्बन्धी कार्यबिधी बनाएर स्थानीय तहबाटै अपाङ्गता परिचय पत्र वितरण गरेको स्थानीय समन्वय समिति संयोजक तथा गाउँपालिका उपप्रमुख विमला खत्रीले बताइन् । जसका कारण थुप्रै पैसा खर्च गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको छ । 

पूर्ण अशक्त अपाङ्गतालाई रातो परिचय पत्र, अति अशक्त अपाङ्गलाई निलो, मध्यम अपाङ्गलाई पहेंलो र समान्य अपाङ्गता भएको व्यक्तिलार्ई सेतो परिचय पत्र वितरण गरिएको गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख गंगा पन्थीले बताइन् । सरकारले रातो परिचय पत्र भएकालाई दुई हजार र निलोलाई ६ सय मासिक समाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।  

गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले अपाङ्ग व्यक्तिलाई परिचय पत्र वितरण गर्दै राज्यले दिने सेवा सुविधासहित थप जिविकोपार्जनमा टेवा पु¥याउने कार्यक्रम गाउँपालिकाले संचालन गर्ने बताए । उनले अहिले पनि केहि रचनात्मक कामहरु गाउँपालिकाले गरिरहेकाले अर्को बर्ष अझै व्यवस्थित गरेर जाने प्रतिवद्धता व्यक्त गरे । 
 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय