५ बैशाख २०८१, बुधबार

क्विक्सकप इलाका छनोट फुटबलको फाईनल आज 

बागलुङ । गल्कोट नगरपालिका ११ रिघामा सोमबारदेखि क्विक्स कप अन्तरस्कुल स्तरीय फुटबलको इलाका छनौट प्रतियोगिता सुरु भएको छ । जिल्ला फुटबल संघ बागलुङको आयोजना र रत्नलक्ष्मी मावि, धर्मापोखरी युवा क्लब र रिघा खेलकुद विकास समितिको सह–आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन ३ खेल भएका छन् ।

सोमबार भएको उद्घाटन खेलमा रत्नलक्ष्मी माध्यमिक विद्यालय विजयी भएको छ । रत्नलक्ष्मी माविले जनजागृती माध्यमिक विद्यालयलाई ३–० गोलअन्तरले पराजित ग¥यो । 

यस्तै दोस्रो खेलमा न्यू लाईफ बोर्डिङ स्कुललाई नवप्रभात बोर्डिङ स्कुलले २–३ गोलअन्तरले पराजित ग¥यो भने तेश्रो खेलमा रत्नलक्ष्मी मावि रिघाले त्रिभुवन मावि खर्वाङलाई १–० गोलले पराजित ग¥यो । आज रत्नलक्ष्मी माध्यमिक विद्यालय र नवप्रभात बोर्डिङ स्कुल विच फाइनल खेल हुने रत्नलक्ष्मी माविका शिक्षक देव वि.क.ले जानकारी धरातललाई जानकारी दिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को बार्षिक क्यालेन्डर अन्तरगतको प्रतियोगिता विगतका वर्षहरुमा जिल्ला सदरमुकाममा मात्र हुने भएपनि यस वर्ष जिल्लाको पश्चिम भेगको लागि इलाका छनौट सुरु गरिएको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले बताए ।  

जिल्लामा मात्र केन्द्रित रहँदा गाउँ–गाउँमा रहेका खेलाडीहरुको प्रतिभामाथि अन्याय गरेको अनुभुति भएकाले यस वर्षदेखि गल्कोट भेगको लागि इलाका छनौटका रुपमा स्कुलस्तरीय प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गुरुङले बताए ।

गाउँ स्तरमै पुगेर गरिएको प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने तथा सही प्रतिभा पहिचान हुने इलाका छनौट प्रतियोगिताका खेल संयोजक राजकुमार बोसेलले दाबी गरे ।

प्रतियोगिताको उद्घाटन गर्दै गल्कोट नगरपालिका–११ रिघाका वडाअध्यक्ष डम्मर बहादुर श्रीसले खेलकुद मार्फत खेलाडीहरुले देशको नाम उचो गराईरहेको बताए । उनले युवाहरुलाई अनुशासनमा राख्नको लागि पनि खेलकुद अपरिहार्य रहेको बताए ।

आज सम्पन्न हुने प्रतियोगिताको विजेताले नगद १० हजार रुपैयाँ र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको विजेता टिम जेठ २५ गतेदेखि बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा हुने अन्तरस्कुल स्तरीय क्विक्स कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने जिल्ला फुटबल संघ बागलुङले जनाएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्