पोर्चुगलमा सडक दुर्घटनामा परी गुल्मीका रिजालको मृत्यु

पोर्चुगल । युरोपेली देश पोर्चुगलमा सडक दुर्घटनामा परी एक नेपाली युवकको ज्यान गएको छ । रोजगारीको शिलशिलामा त्यहाँ पुगेका गुल्मीको मुसिकोट नगरपालिका ६ का ३६ वर्षीय रमेशकुमार शर्मा रिजालको दुर्घटनामा परी मृत्यु भएको हो ।

पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गत शुक्रबार स्थानीय समयानुसार राति ९ः३० बजेतिर साइकलमा सवार रिजाललाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा ज्यान गएको हो । मोटर साइकल चालक ४२ वर्षीय पोर्चुगाली डिनेश पनि गम्भीर घाइते भई उपचारार्थ रहेको जनाइएको छ ।

शर्मा एक वर्ष अगाडि पोर्चुगल आएको लिस्बनमा रहेका उनका दाजु अमृतले जानकारी दिए । उनको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले जनाएको छ । दाह संस्कारका लागि आवश्यक कानूनी प्रक्रिया शुरु भइसकेको एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्कीले बताए ।

नेपाल सरकारका तर्फबाट गरिनुपर्ने कानूनी सहजीकरणको काम लिस्बनस्थित अवैतनिक नेपाली वाणिज्यदूतको कार्यालयले गर्ने जनाइएको छ । मृतकका आमाबुबासहित पाँच दाजुभाइ तथा एक दिदी छन । 

सन २०१९ को पाँच महिनाभित्र चार नेपालीले पोर्चुगलमा विभिन्न कारणले आफ्नो ज्यान गुमाइसकेका छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय