क्विक्सकप : रत्नलक्ष्मी मावि जिल्ला स्तरीय खेलको लागि छनौट

बागलुङ । रिघाको रत्नलक्ष्मी मावि जिल्ला स्तरीय खेलको लागि छनोट भएको छ । जिल्लाको गलकोट नगरपालिका ११ रिघामा भएको क्विक्सकप इलाका छनोट फुटबलमा रत्नलक्ष्मीले नव प्रभात वोर्डिङ स्कुल गल्कोटलाई ३–० गोल अन्तरले पराजित गर्दै जिल्ला स्तरीय खेलका लागि छनोट भएको हो ।

यो सँगै रत्नलक्ष्मी मावि जेठ २५ गतेदेखि बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा हुने अन्तर विद्यालय क्विक्स कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको जिल्ला फुटबल संघ बागलुङले जनाएको छ । जिल्ला फुटबल संघ बागलुङको आयोजना र रत्नलक्ष्मी मावि, धर्मापोखरी युवा क्लब र रिघा खेलकुद विकास समितिको सह–आयोजनामा सोमबार देखि सुरु भएको खेलको आज फाईनल भएको हो ।

विजेता भएसंगै रिघाले १० हजार हात पारेको छ । नव प्रभातले उपविजेता बन्दै ५ हजारमा चित्त बुझाएको छ । फाइनल खेलको उद्घाटन गर्दै गल्कोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचाले खेल स्वास्थ्यको लागी र राष्ट्रको लागी भएको बताईन । खेलले अनुशासन र राष्ट्रिय एकता कायम गर्ने बताउदै उनले रिघामा प्रतियोगिता आयोजना हुनु खुसिको कुरा भन्दै आयोजकलाई धन्यवाद समेत दिईन ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय