७ बैशाख २०८१, शुक्रबार

पाल्पामा १० लाखको लगानीमा तयारी कपडा उद्योग सञ्चालन

पाल्पा । पाल्पा पूर्वखोला गाउँपालिका–४, देवीनगरस्थित काफलडाँडामा गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । स्थानीय मणि सिकेले १० लाख लगानीमा गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका हुन । भारतमा सिकेको सीपबाट अहिले घरमा नै गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएपछि स्थानीयवासीले गाउँमा रोजगारीको अवसर पाएका छन ।

कपडा सिलाउने माग बढेपछि ५÷७ जनालाई गाउँमा काम गर्ने अवसर मिलेको हो । स्थानीयस्तरमा उत्पादन भएको कपडा सस्तोमा लगाउन पाउँदा स्थानीयवासी पनि खुशी छन ।
गार्मेन्ट उद्योगमा जाडोलाई लक्षित गरी ट्र्याकसुट र गर्मी महीनाका लागि लक्षित गरी ‘आउटर’ लगायतका कपडा उत्पादन हुन्छ ।

गार्मेन्टमा उत्पादित तयारी पोशाक स्थानीय बजार बहादुरपुर, पूर्वखोला, झडेवा, हुमिनलगायतका स्थानमा खपत हुन्छ । उत्पादित कपडाका लागि बजारको समस्या नरहेको सिकेले बताए । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्