८ बैशाख २०८१, शनिबार

च्याम्पियन्स लिग : लिभरपुल र पोर्टोबीच प्रतिस्पर्धा

च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा मंगलबार राति लिभरपुल र पोर्टोबीच प्रतिस्पर्धा हुँदैछ । घरेलु मैदान एनफिल्डमा हुने खेलका लागि टिम तयार रहेको जुर्गेन क्लोपले बताएका छन् । 

च्याम्पियन्स लिगमा यी दुई टिम लगातार दोस्रो सिजनमा खेल्न लागेका हुन् । गएको सिजनको सेमिफाइनलमा लिभरपुलले पोर्टोलाई समग्रमा ५–० ले हराएको थियो ।

पोर्टो विरुद्धको खेलका लागि लिभरपुलका डिफेन्डर भान डिग्क टिममा फर्किएका छन् । गएको शुक्रबार साउथह्याम्टन विरुद्धको खेलमा उनी उपस्थित थिएनन् । तर एडाम लालाना भने आजको खेल गुमाउने संभावना रहेको छ ।

गएको डिसेम्बरबाट टिम बाहिर रहेका जोय गोमेज पनि मंगलबार टिममा हुने छैनन् । लिभरपुलको टिममा केही हेरफेर हुने पक्कै संभावना रहेको छ । 

पोर्टोविरुद्धका पछिल्ला ६ सिजनमा लिभरपुलले एक खेल पनि हारेको छैन । उसले तीन खेल जित्दा तीन बराबरी खेलेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्