बडिगाडमा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धि तालिम 

बागलुङ । बडिगाड गाउँपालिकामा प्रजनन् स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन भएको छ । बडिगाड महिला तथा बालवालिका सशक्तिकरण केन्द्रको आयोजनामा तथा बडिगाड गाउँपालिकाको आर्थिक सहयोगमा दुई दिने कार्यक्रम सञ्चालन गरिएको हो ।

गाउँपालिकाका १३ ओटा माध्यमिक विद्यालय मध्य ६ विद्यालयका ८/८ जना गरी ४८ जना विद्यार्थीहरुलाई भिमगिठे माविमा र ७ विद्यालयका ८/८ जना गरी ५४ जना विद्यार्थीहरुको लागी भानु मावि ग्वालीचौरमा सो कार्यक्रम गरिएको छ । यसै विच भानु माविमा बुधवार भएको समापन कार्यक्रममा बडिगाड गाउँपालिका ५ का अध्यक्ष अर्जुन खरेलले आगामी वर्षको वजेटमा बालवालिकाको क्षेत्रमा थप कार्यक्रम गर्ने गरी वजेट व्यवस्थापन गर्नुपर्ने बताए । 

भानु माविका प्रधानाध्यापक केशव खरेलले शसक्तिकरण केन्द्रलाई बालवालिकाको काम गर्न विद्यालयसंग जोडिनुपर्ने बताए । पत्रकार कमल पौडेलले विद्यालयमा गठन भएका बाल क्लव, रेडक्रस, स्काउट जस्ता संस्थालाई क्रियाशिल गराउनुपर्ने भन्दै त्यसको लागी गाउँपालिकाले पनि सहयोग गर्नुपर्ने बताए । 

कार्यक्रममा विद्यार्थीहरुको तर्फवाट विमल घर्ति र मनिषा थापाले तालिमले सकारात्मक प्रभाव पारको बताए । तालिमको स्वास्थ्यकर्मी निरञ्जन यादव र दिपेन्द्र केसिले सहजिकरण गरेका थिए ।  

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय