८ बैशाख २०८१, शनिबार

जन्मिएको २ घण्टामै शिशुको मृत्यु, सुविधासम्पन्न अस्पातालमै अत्याधिक रक्तश्रावले लियो जिसुको ज्यान

बागलुङ । बडिगाड गाउँपालिका ६, सुरकुडेकी २३ वर्षीय जिसु वुढाको अत्याधिक रक्तश्रावका कारण ज्यान गएको छ । घरमै सुत्केरी भएकी जिसुले जन्माएकी छोरीको पनि मृत्यू भएको छ । जेठ २० गते दिउँसो ३ बजे घरमै सुत्केरी भएकी जिसुकी छोरीको २ घण्टा पछि मृत्यू भएको थियो । सोही घटनाले विक्षिप्त भएकी जिसुलाई वल्ल स्वास्थ्यचौकी लैजाने तयारी गरिएको थियो ।

भौगोलिक रुपमा विकट रहेको सुरकुडेवाट बेलुका ८ वजे मात्रै स्थानीयले जिसुलाई खार वजारमा रहेको बडिगाड पोलिक्लिनीकमा पु¥याएका थिए । अत्याधिक रक्तश्राव भएको भन्दै पोलिक्लनीकले करिव एक घण्टाको उपचारपछि पाल्पा पठाएको थियो । २१ गते विहान ४ वजे पाल्पा पु¥याइएकी जिसुलाई ४ पोका रगत चढाईयो । त्यसपछि सामान्य अवस्थामा फर्किएकी जिसु २१ गते साँझ तिर पुन विरामी परेपछि आइसीयुमा राखिएको थियो ।

रातको २ वजे उनलाई वचाउन नसकिएको भनेर डाक्टरले भनेको मृतककी सासु लालमाया वुढाले बताईन । १७ वर्षको उमेरमा विहे गरेकी जिसुले १९ वर्षमा पहिलो वच्चा जन्माएकी थिइन ।  मातृशिशु मृत्यूदर अत्यन्त न्यून भैरहेको सन्दर्भमा आमा र वच्चाकै ज्यान जानेगरी भएको घटनालाई गम्भिर रुपमा लिनुपर्ने देखिन्छ । 

के पहिले कुनै जाँच थिएन ?

जिसुको गत भाद्र २८ गते महिनावारी रोकिएको र असारको ५ को वरपर सुत्केरी हुन सक्ने मितिको रेकर्ड स्वास्थ्य चौकीमा भेटिएको छ । बडिगाड गाउँपालिकाका स्वास्थ्य प्रमुख निरञ्जन यादवका अनुसार बडिगाड गाउँपालिका ५ को दाँगको क्लिनिकमा उनको गर्भजाँच भैरहेको थियो । यहि जेठ १२/१३ गते तिर उनलाई झाडापखला लाग्यो, मासि समेत परेको भन्दै स्थानीय स्वास्थ्यकर्मी श्री नारायण संगवाट औषधी लगेको र झाडापखला निको भएको उनका श्रीमान् रवि वुढाले जानकारी दिए ।

रविका अनुसार ४ पटक गर्भको जाँच पनि गरिएको थियो । २० गते विहान १० वजे तिरबाट जिसुलाई सुत्केरी व्यथा लागेको थियो । दोश्रो वच्चा भएकोले परिवारका सदस्यहरुले पनि स्वास्थ्यचौकी जाने वारे नसोचेको र दिउँसो ३ वजे साधारण तरिकालेनै घरमै वच्चा जन्मिएको जिसुकी सासुआमा लालमाया वुढाले जानकारी दिईन ।

वच्चा जन्मिएपछि जिसुसँगै परिवारका सवै सदस्य निकै खुसि भए । तर वच्चाले अफ्ठेरो गरी सास फेरेको देख्दा उनीहरु चिन्तित भए । स्वास्थ्य चौकी लैजाने चर्चा पनि चल्यो तर नजिक स्वास्थ्यचौकी नभएकोले तत्कालै साधन वोलाउन पनि सम्भव नभएकोले उनिहरु त्यतिकै वसिरहे । 

उता जिसुको रगत वगिरहेको थियो त्यो सामान्यहोला भन्ने सोंचे परिवारका सदस्यहरुले । सुत्केरी भएको २ घण्टामै साथको वच्चाले साथ छोड्यो, त्यो घटनाले निकै विक्षिप्त भइन् जिसु, उनको पेट निकै दुखिरहेको थियो त्यसै समयमा श्रीमान्लाई वोलाएर भनिन्, ‘अव म वाँच्दिन होला, बच्चालाई राम्रोसँग पाल्नु है ।’, अहिले पनि रविले झल्झली त्यही वाक्य सम्झिरहेका छन् । उनको कानमा श्रीमतीले भनेको त्यहिकुरा नै अन्तिम वन्यो, त्यसपछि उनको कुरा कहिल्यै नसुन्ने भए ।

अव परिवारका सदस्यलाई पनि जिसुलाई अस्पताल पु¥याउनु पर्छ भन्ने लाग्यो, छिमेकीको समेत सल्लाहमा पिकअप जिपमा राखेर जिसुलाई खार वजारमा रहेको बडिगाड पोलिक्लिनिकमा पु¥याइयो त्यहाँ रगतसहित चेक जाँच भयो । रगत वगिरहेको थियो, वच्चा जन्मिएको ठूलो घाउ थियो । घाउमा टाँका लगाइयो, पहिले त टाँका लगाउन मानेकी थिइनन् जिसुले तर आफुहरुले सम्झाएर टाँका लगाइदिएको अहेव दिपक छन्त्यालले बताए ।

साँझ झण्डै ८ वजे पोलिक्लिनीकमा ल्याइएको र त्यहाँ ल्याउँदा अक्सिजन कमी भएर सास फेर्न गाह्रो भएकोले अक्सिजन लगाएको, सलाइन चडाएको अहेव छन्त्यालले जानकारी दिए । जिसुको रगत ल्यावमा जाँच गर्दा रगतको मात्रा ३.२७ मात्रै भएपछि रक्तअल्पताको डर भएकोले तत्कालै पाल्पा लैजान सल्लाह दिइएको छन्त्यालले बताए । हिँड्ने बेलासम्म प्रेसर सामान्य भएको किल्निकले जनाएको छ । त्यसपछि रातको झण्डै १० बजे एम्बुलेन्समा जिसुलाई पाल्पा पठाइयो । उनिसँगै सासु आमासहितको टोली गयो तर श्रीमान् रवि गएनन् पाल्पा । किनकी उनले पैसाको जोहो गर्नु थियो ।

पैसाको जोहो गरी २१ गते पाल्पा जाने कुरा थियो । २१ गते विहान ४ वजे पाल्पा प्रवासको लुम्बिनी मेडिकल कलेजमा जिसुलाई भर्ना गरियो । चारपोका रगत पनि चढाइयो, औषधिको प्रभावले दिउँसो जिसुलाई धेरै निको भयो । जिसुले सासुआमालाई घर फर्किने प्रस्ताव गरिन् तर सासु लालमायाले ठाउँमा आएको वेला पुरै निको भएर जानुपर्ने बताईन । साँझतिर जिसुलाई फेरी विसन्चो भयाे । ‘७ वजे तिर आइसियुमा राखियो, डाक्टरले जेजे लिन भने त्यहिँ लिएर गए’ लालमायाले भनिन । तर रातको २ वजे तिर डाक्टरले भने हामी जिसुलाई वचाउँन निकै कठिन छ । लालमाया भावविह्वल भइन्, अहिले पनि आँखा ओभाएका छैनन्, बुहारी वचाएर घरल्याउन गएकी सासु लालमाया वुहारीको शव लिएर फर्किईन ।

बच्चा राम्रोसंग पाल्नु भनेर गएकी जिसु मुर्दा वनेर फर्किएपछि रवि विछिप्त बनेका छन । उनी झण्डै आधा घण्टा झम्टिएर रोए तर जिसु फर्किनन् । माइति पक्षका उत्तिकै रोए, नरुने कोहि भएन । २०७० सालमा १७ वर्षको कलिलो उमेरमा संगै जुनीकाट्ने कसम खाई हातमा हात साथमा साथ दिन पुगेकी जिसु रविलाई एक्लै छोडेर गइन् । संसार छोड्ने जिसुलाई भावपूर्ण श्रद्धाञ्जली, शोकाकुल रवि उनको ४ वर्षिय छोरा कपिलसहित सवै परिवार प्रति गहिरो समबेदना ।

कसरी गएको हुन सक्छ ज्यान?

सुविधासम्पन्न अस्पतालमा पुगेर पनि किन गयो ज्यान ? यो निकै गम्भिर प्रश्न हो, यद्यपी यसको उत्तर खोज्न त्यति सहज छैन । यद्यपी के–के कारणले ज्यान जान सक्छ ? अरु कसरी सचेत हुन सकिन्छ भन्ने प्रश्नमा बडिगाड गाउँपालिकाका स्वास्थ्य प्रमुख निरञ्जन यादवले दुई कारण हुन सक्ने औल्याएका छन । यादवका अनुसार पाठेघर च्यातिएको कारण अत्याधिक दुखाइ र रक्तश्राव भएकोपछि वाहिरी घाउमा टाँका लगाएर रगत रोक्दा भित्र (इन्टरनल टियर) रगत जमेको अवस्थामा सुत्केरी आमाको ज्यान जाने खतरा हुन सक्ने बताए । त्यस्तै वेडबाट भर्खर उठेको सुत्केरी आमालाई खाना खुवायो भने खाना अड्कीने (चोकिङ) भएर पनि ज्यान जानसक्ने हुन्छ । त्यसैले हरेक आमाहरुलाई यो कुराको जानकारी दिन जरुरी छ ।

त्यसोभए यो घटनालाई कसरी लिने?

यो घटना सामान्य हुनै सक्दैन, राज्य मातृशिशु मृत्यूदर शुन्यमा पु¥याउने अभियानमा लागीरहेको वेला आमा र बच्चाकै ज्यानै जाने घटना सामान्य हुन सक्दैन । घटनाको अनेकपाटा हुन सक्छन्, कम उमेरमा हुने विवाह, घरमा गराइने असुरक्षीत प्रसुती, नियमित जाँच हुन नसक्नु, चेतना अभाव आदि आदि । तर राज्यले मातृशिशु मृत्यूदर अन्त्य गर्न भनी चालेका कदम र खर्च के ग्रामिण वस्तिसम्म पुगेका छन् ? आम सर्वसाधरणले चेतना र सुचनाको पहुँच प्राप्त गरेका छन् ?

स्थानिय सरकारका प्राथमिकतामा स्वास्थ्य, शिक्षा, पोषण, चेतनाका विषयहरुले प्राथमिकता पाएका छन् ? या त गाउँको ठेक्का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई निशुल्क रुपमा थोपरेर सिंगो संयन्त्र पानी माथिको ओभानो भैरहेको छ ? पिडितको आँसु संगै लेखकको आँखा टिलपिल गर्दै कानमा धेरै प्रश्न गुञ्जीरहेको छ । आशा छ, राज्य जिम्मेबार वन्ने छ र घटनावाट पाठ सिक्दै थप घटना नहुने वातावरण सिर्जना गर्नेछ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्