दैनिक लसुन खाँदा शरिरलाई यस्ता फाईदा

हामीले लसुन, भान्सामा दैनिक प्रयोग गछौँ । यसलाई हामी तरकारी र दालमा बडी मात्रामा प्रयोग गर्ने गर्छौँ । लसुन खानाको स्वाद बढाउन मात्र नभई हाम्रो स्वास्थ्यको लागि पनि निकै लाभदायक छ । विभिन्न अध्ययनले भुटेको लसुनले हामीलाई विभिन्न रोगहरुबाट बचाउन मद्धत गर्ने देखाएको छ । उसो भए लसुन खाँदा हाम्रो शरिरलाई के फाईदा गर्छ त ?

पेटको समस्या कम

हरेक दिन भुटेको लसुन खानाले हाम्रो पेटमा ग्यास भरिदैँन । यसले गर्दा हामीलाई ग्यास्ट्रिक जस्तो समस्याले सताउँदैन । खाना पचाउन मद्धत गर्ने भएकाले कब्जियतको समस्यादेखी मुक्त हुन सकिन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढ्छ

लसुन हरेक दिन खाँदा हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । यसमा पाइने एन्टी ब्याक्टेरियल तत्वले विभिन्न प्रकारका ब्याक्टेरियासँग लड्न मद्धत पु¥र्याउँछ ।

चिसोबाट बचाउँछ

तातो तेलमा लसुन पड्काएर शरीरमा लगाउनाले शरीरमा चिसो छिर्न पाउँदैन । यसले गर्दा हामीलाई रुघाखोकी जस्तो समस्याले सताउँदैन ।

दाँतको दुखाइ कम

यदी तपाई दाँत दुखेर हैरान हुनुहुन्छ भने दाँत दुखेको ठाउँमा भुटेको लसुन पिसेर लगाउनुहोस । तपाईलाई यसले निकै आराम दिन्छ ।

रक्त चाँप नियन्त्रण

विभिन्न अध्ययनले दैनिक भुटेको लसुन खाने व्यक्तिमा रक्तचाँप सन्तुलित रुपमा रहने देखाएको छ । त्यसका साथै यसले रगतलाई सफा राख्ने काम पनि गर्छ ।

हर्मोन ब्यालेन्स

भुटेको लसुन पुरुषको लागी निकै लाभदायक छ । यसमा पाइने एलिसिनले पुरुषको सेक्स हर्मोन सन्तुलित रुपमा राख्न मद्धत गर्छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय