८ बैशाख २०८१, शनिबार

‘गुल्मी लोक तारा–२’ : तेस्रो चरणका लागि २१ जना छनोट

 गुल्मी । लोक दोहोरी प्रतिष्ठान गुल्मी शाखाले उच्च राशीको पुरस्कारसहित सुरु गरेको लोक गायन प्रतियोगिताको देस्रो चरणको कार्यक्रम सकिएको छ । गत बैशाख १५ गतेबाट सुरु भएको ‘गुल्मी लोकतारा २०७६ सिजन–२’ को देस्रो चरणको छनोट कार्यक्रम सदरमुकाम तम्घासमा सकिएको हो ।

जिल्लाको बिभिन्न ग्रामीण स्थानमा पहिलो चरणबाट छनोट भएका १ सय ६७ जनामध्य ३५ जना दोस्रो चरणमा छनोट भएका थिए । दोस्रो चरणमा छनोट भएका प्रतियोगिले लोक बिधामा प्रस्तुती राखेका थिए । 

प्रतिस्पर्धीमध्ये तेस्रो चरणको लागि २१ जना छनोट भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थले जानकारी दिए । दोस्रो चरणको छनोट कार्यक्रममा प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष खुमबहादुर खत्री र प्रतिष्ठान रुपन्देही जिल्ला कार्यसमिति एबम गायक उज्जवल गिरीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिष्ठानले तेस्रो  चरणको छनोट कार्यक्रम जेठ ३१ गते गर्ने भएको छ । तेस्रो चरणबाट छनोट भएका मध्ये १० जना फाइनल चरण्को लागि छनोट गरिने अध्यक्ष पन्थले बताए । तेस्रो चरणको छनोट कार्यक्रममा प्रतिष्ठानको अञ्चल कार्यसमितिबाट हुने भएको  छ । भने फाइनल प्रतियोगिबाट उत्कृष्ट छनोट प्रतिष्ठान केन्द्रिय कार्यसमितिले गर्ने प्रतिष्ठान गुल्मीका अध्यक्ष पन्थले बताए । 

प्रतियोगिताको फाइनल कार्यक्रम भने असार अन्तिम साता हुने छ । जिल्ला शाखा गुल्मीको अधिबेशनसहित फाइन कार्यक्रम पनि गरिने अध्यक्ष पन्थले जानकारी दिए । फाइनल कार्यक्रम तथा अधिबेशनको अबसरमा प्रतिष्ठान गुल्मीले राष्ट्रिय स्तरका कलाकारसहित विकास दुत, सरसफाई दुत, सामाजिक दुत, श्रेष्टा सम्मान, उत्कृष्ट पत्रकारिता पुस्कार, उत्कृष्ट सदस्य पुरस्कारले बिभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरिने अध्यक्ष पन्थले बताए । 

प्रतियोगितामा प्रथम हुनेले नगद रु ५० हजार, कप र प्रमाणपत्र , द्धितिय हुनेले नगद रु ३० हजार, कप र प्रमाणपत्र, तृतिय हुनेले नगद रु २० हजार कप र प्रमाणपत्र  पाउने कार्यक्रम संयोजक बसन्त खत्रीले बताए । कार्यक्रमले लोक संस्कृतीको जगेर्ना र संरक्षण विषेश सहयोग पुग्ने, गाउँघरमा लुकेका प्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्ने उदेश्य रहेको संयोजक खत्रीले बताए ।

यस कार्यक्रमबाट पुराना सर्जकहरुलाई सम्मान नयाँलाई प्रोत्साहन गर्न मद्दत, लोप हुन लागेका पुराना मौलिक भाकाहरुको संरक्षण गर्न सहयोग पुग्ने आयोजकले उद्देश्य राखेको छ ।  प्रतिष्ठान गुल्मी शाखाले ०७१ सालमा पनि यस्तो कार्यक्रम गरेको थियो ।

अडिसनबाट उत्कृष्ट २ जना छनोट गरी आफनै लगानीमा लोक गीत रेकर्ड म्युजिक भिडियो निमार्ण गरिदिएको पन्थले बताए ।  
  
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्