१६ चैत २०८०, शुक्रबार

डन्डिफोर आएको समयमा कसरी गर्ने मेकअप ?

– डन्डिफोरको समस्या भएका मानिसले फेसियल गर्नुहुँदैन भन्ने मान्यता कतिपयमा छ । तर, फेसियल गर्दा पनि डन्डिफोरको समस्या र दागबाट धेरै हदसम्म बच्न सकिन्छ ।

– डन्डिफोर आएका मानिसले फेसियल गर्दा भने विशेष सचेत हुन आवश्यक हुन्छ । प्रदूषणका कारण डन्डिफोर आएको हो भने एन्टिपोलुसन प्रडक्ट प्रयोग गर्नुपर्ने हुन्छ ।

– फेसियल गर्दा चिल्लो स्किन भएका मानिसका लागि त्यस्तै खालका प्रडक्ट हुन्छ । त्यही प्रडक्ट प्रयोग गरेर फेसियल गर्न आवश्यक हुन्छ । तर, ड्राई स्किनको प्रडक्ट प्रयोग गरेमा झन् ठूलो समस्या निम्तिन सक्छ ।

– डन्डिफोर आएका मानिसले क्रिमको पनि प्रयोग गर्न सक्छन् । तर, जुन पायो त्यही क्रिमले भने समस्यालाई थप बढाउँछ । यस्ता मानिसले आयल फ्री क्रिम प्रयोग गर्नुपर्छ ।

– यस्ता मानिसले ड्राई स्किन टोनर पनि प्रयोग गर्न सक्छन् ।

– कतिपय मानिसले डन्डिफोर निचोर्दा दाग बस्छ भन्ने गरेका छन् । त्यस्तो होइन । तर, डन्डिफोरलाई नङले कोट्याउँदा भने दाग बस्ने समस्या हुन्छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्