प्रधानमन्त्री कपको उपाधि नेपाल पुलिस क्लबलाई

बुटवल ।  प्रधानमन्त्री कपको उपाधि नेपाल पुलिस क्लबलाई बुटवल । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

फाइनल खेलमा अर्को विभागीय क्लब त्रिभुवन आर्मीक्लबलाई ४ विकेटले हराउँदै पुलिसले उपाधि आफ्नो पोल्टोमा पारेको छ । उपाधि सहित पुलिसले नगद रु २० लाख हात पारेको छ ।

उपविजेता आर्मीले १० लाख रुपैयाँमा चित्त बुझाएको छ । त्रिभुवन आर्मी क्लबले दिएको १ सय २६ रनको लक्ष्य पुलिसले ओभर बलमा ६ विकेट गुमाउँदै रन पूरा ग¥यो । पुलिसका लागि अमित श्रेष्ठले सर्वाधिक ४४ रनको योगदान गरे । त्यस्तै सुनिल धमला रन जोड्न सफल भए । पुलिसका लागि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न भने सकेनन ।

बलिङतर्फ आर्मीका लागि करण केसीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै शाहाव आलमले दुई तथा सुशान भारीले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ३३ ओभर ३ बलमा अलआउट हुदै १ सय २५ रन मात्र बनाउन सक्यो । आर्मीका लागि सोमपाल कामीले सर्वाधिक ३५ रनको योगदान गरे ।

त्यस्तै राजु रिजाल ले ३२ रन जोड्दा रोहित पौडेल १८ र भिम सार्की २० रनको योगदान गरे । बलिङतर्फ पुलिसका लागि ललित नारायण राजवंसी र पवन सरार्फले सर्वाधिक चार–चार विकेट लिए । त्यस्तै सागर ढकालले एक विकेट लिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय