८ बैशाख २०८१, शनिबार

एसइईको नतिजा ढिला आउने 

बुटवल । विगतका वर्षहरूमा असार १-२ गतेेभित्रै निस्कने गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन यसपटक ढिला हुने भएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष एसईई नतिजा प्रकाशनका लागि असार दोस्रो सातासम्म कुर्नुपर्ने बताए ।

प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला हुने भएको हो । एसइईमा देशभरबाट पौने ५ लाख विद्यार्थी सहभागी छन । परीक्षा नियन्त्रक अधिकारीले सातै प्रदेशबाट नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र विगतको आंशिक गरी जम्मा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी छन । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्