१६ चैत २०८०, शुक्रबार

अर्घाखाँचीको मालारानीमा १ सय ७२ जनालाई रोजगारी 

अर्घाखाँची । अर्घाखाँचीका ६ वटा स्थानीय तहमध्ये मालारानी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । 

कार्यक्रमका लागि पाएको ३८ लाख रुपैयाँमध्ये गाउँपालिकाले ९ लाख बराबरको औजार साम्रगी खरिद गरेको छ भने अन्य रकम ९ वटा योजना छनोट गरी एक सय ७२ जनालाई रोजगार दिन खर्चेको छ । गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यका अनुसार त्यसले नाली बनाउन र सडक स्तरोन्नतिको काम भइरहेको छ । 

‘वडामा १४–१४ जनाको चारवटा गुप्र बनाएर काममा लगाएको छु । अहिले बाटो खन्ने काम भइरहेको छ, सकिएपछि ४ वटा पोखरी निर्माण गर्ने भनेर स्टिमेट भएको छ’ वडा नम्बर ४ का अध्यक्ष विष्णुप्रसाद पोख्रेल भन्छन, ‘रोजगारमा पुरुषभन्दा महिला बढी सहभागी छन । ज्याला भने अलिक कम भयो ।’

नयाँ पत्रिका

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्