१५ चैत २०८०, बिहीबार

महानायक राजेश हमालको आज जन्मदिन, जान्नुहोस उनका रोचक कुरा

बुटवल । नेपाली सिनेनगरीका महानायक राजेश हमालको जुन ९ अर्थात आज जन्मदिन रहेको छ । १९६४ जुन ९ मा पाल्पाको तानसेनमा जन्मिएका उनी  आजबाट ५५ वर्षमा बर्षमा प्रबेश गरेका हुन ।

‘युग देखि युग सम्म’ बाट नेपाली सिनेनगरीमा छिरेका उनले त्यसपछि कहिल्यै पनि पछाडी फर्केर हेर्नु परेको छैन । राजेशलाई आफनो फिल्ममा लिएर नै धेरै निर्माताहरु मालामाल पनि बनेका थिए । कुनै समय पोस्टरमा उनको टाउको मात्र राख्दा पनि फिल्म हिट हुने गथ्र्यो ।

नेपाली रजतपटमा नायकहरुको प्रभुत्व जमाउने श्रेय पाएका हमाल आज पनि नेपाली दर्शकमाझ निकै लोकप्रिय छन । राजेशले सन २०१४ मा मधु भट्टराईसंग बैवाहिक जीवनमा बाँधिएका थिए । पछिल्लो समय चलचित्रमा खासै सक्रिय नरहेका राजेशको पछिल्लो फिल्म ‘बाग्मती’ र ‘सकुन्तला’ असफल भएको थियो ।

भारतबाट आफनो मोडलिङ यात्रा सुरु गरेका उनले एक पञ्जाबी र पाकिस्तानी फिल्ममा समेत अभिनय गरे । राष्ट्रिय नागरिक गोल्डेन अवार्ड, राष्ट्रिय चलचित्र पुरस्कार जस्ता पुरस्कार तथा सम्मान समेत पाईसकेका उनले कुनै समय औषत १०/१२ वटा फिल्ममा समेत काम गरेका थिए भने सन १९९४ मा उनले १६ वटा फिल्ममा अभिनय गरेका थिए ।

नेपाली चलचित्र क्षेत्रमा उनले धेरै नायिकाहरुसंग काम गरे तर उनको र करिश्मा मानन्धरको जोडी निकै रुचाईएको थियो । यतिबेला भने फिल्मी दुनियाबाट टाढै रहेका राजेशलाई आजभोली भने दुई वटा प्रश्नले निकै घेर्ने गरेको छ । बच्चा कहिले जन्माउँने र फिल्म निर्देशन कहिले गर्ने । यस बिषयमा उनले केही समय अगाडी आफुहरु सन्तानको लागि ईच्क्षुक नभएको बताउँदै आएका थिए ।

उनको यो भनाईले राजेशले फिल्म इन्डिष्ट्रीलाई जुनियर हमाल नदिने भयो भनेर उनीहरुका प्रशंसकहरु निराश थिए । अब कुरा आयो फिल्म निर्देशनको । उनका सहोदर नायकहरु फिल्म निर्माण तथा निर्देशनमा होमिईसक्दा राजेश भने फिल्म क्षेत्रबाट नै टाढा रहँदा उनको महानायकको उपाधीमा नै प्रश्न उठ्न थालेको थियो । उनले फिल्म निर्देशन गर्ने कुरा समेत आएको थियो तर उक्त कुरा कुरामा नै सिमित बनिरहेको अवस्था छ । 

पछिल्लो समय विभिन्न कार्यक्रमका लागि देश तथा बिदेशमा व्यस्त रहेका महानायकले केही समय अगाडीमात्र फिल्म खेल्ने चाहाना नै नभएको बताएका थिए । जसको कारण उनका फ्यान निराश बनेका थिए । जे होस नेपाली सिनेमा क्षेत्रका महानायकलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्