हुवावेको नयाँ फोनमा फेसबुक, ह्वाट्सएप र इस्टाग्राम एप नहुने

हुवावेका नयाँ स्मार्टफोनमा फेसबुक, ह्वाट्सएप, इस्टाग्राम एप प्रतिबन्धित हुने भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोएटर्सका अनुसार फेसबुकले आफ्ना एप अब बन्ने हुवावेका नयाँ फोनमा प्रिइन्स्टलु व्यवस्था हटाउने भएको हो ।

कम्पनीका भगिनीसंस्थाका रूपमा परिचित ह्वाट्सएप र इन्स्टाग्रामका एपमा पनि लागू हुनेछ । गत मे महिनामा अमेरिकाले आफ्ना देशका कम्पनीहरूलाई सुरक्षा जोखिम रहन सक्ने बताउँदै विदेशी दूरसञ्चार प्रदायकहरूसँग सहकार्य नगर्न निर्देशन दिएको थियो । यसअघि हुवावेले अब बनाउने फोनमा गुगलका प्लेस्टोर, जिमेल, गुगल म्याप र युट्युब एपहरू राख्न नपाउने भएको थियो ।

अमेरिका र चीनबीच जारी व्यापार युद्ध र पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूले कारोबार गर्न नपाउने विदेशी कम्पनीको सूचीमा हुवावेलाई राखेको थियो ।
हाल हुवावे मोबाइलका प्रयोगकर्तामा कुनै पनि द्वविधा नराख्न हुवावेले आग्रह गरिसकेको छ ।

कम्पनीले बारम्बर हालका प्रयोगकर्तालाई अहिलेको प्रतिबन्धले असर नगर्ने कम्पनीले प्रष्ट पारेको छ । हालका मोबाइल प्रयोगकर्ताका लागि आगामी दिनमा आवश्यक अपडेट जारी रहने उसले प्रष्ट पारेको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय