गुल्मीका यी जनप्रतिनिधी, जसले लिन्छन दोहोरो सुविधा 

दोहोरो सुविधा लिने वडा अध्यक्ष बलाल 

गुल्मी । जिल्लामा २ नगरपालिका  र १० गाउँपालिका गरी १२ स्थानीय तहहरु छन । १२ स्थानीय तहका प्रमुख तथा उपप्रमुख २४ सहित वडाध्यक्ष र सदस्य गरी  ४ सय ८९ जना निर्वाचित जनप्रतिनिधी छन । सवै स्थानीय तहमा केही मनोनित कार्यपालिका सदस्यहरु गरी ५ सय ५० भन्दा बढीले तलव बुझदै आएका छन । 

५ सय ५० भन्दा बढी जनप्रतिनिधीहरु मध्ये गुल्मीमा एक जना जनप्रतिनिधी मात्रै दोहोरो सुविधा लिइरहेका पाईएको छ । जिल्लाको गुल्मीको गुल्मी दरवार गाउँपालिका ५ का वडाध्यक्ष लिला बहादुर बलालले नेपाल सरकारको दोहोरोो सुविधा लिदै आएका हुन । 

लामो समय नेपाल प्रहरीमा जाखिर खाएर अवकास प्राप्त वलालले स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएपछि  अहिलेसम्म नेपाल सरकराको दोहोरोो सुविधा प्रयोग गदै आएका छन । उनी नेपाल प्रहरीका अवकास प्राप्त प्रहरी नायव निरिक्षक हुन् । 

“२५ बर्षको पौरखले आएको पेन्सन मैले किन छोड्ने ?” उनले धरातल अनलाईनसँग भने, “म निर्वाचित वडा अध्यक्ष हुम गाउँपालिकाले दिने तलव पनि मैले छोड्ने कुरै भएन ।” उनले कसैले दोहोरो सुविधा छोड भनेर भने पनि नछोडने बताए । 

सरकारले जनप्रतिनिधीहरुलाई तलवको ब्यवस्था गरेपछि आफु नेपाल सरकारको पेन्सनर भएपनि आफुले पनि तलव पाउनुपर्ने दावी उनको छ । “जनप्रतिनिधीहरुको तलव नै हटाए मैले खोजेको छैन” उनले भने, “अन्य जनप्रतिनिधीहरुले जस्तै जनताको काम मैले पनि गरेको छु सेवा सुविधा पनि त पाउनु प¥यो ।” उनका अनुसार गाउँपालिकावाट काम अनुसारको तलव त नआउने भन्दै अलिअलि भत्ता जस्तो रकम वुझने गरेको बताए । 

यता गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले पनि दोहोरोो सुविधा लिने वडाध्यक्षको वचाउ गरेका छन । “जिल्लामा नहोला तर अन्य जिल्लाका स्थानीय तहका जनप्रतिनिधीहरुले पनि दोहोरोो सुविधा लिइरहेको मलाई जानकारी छ” थापाले भने, “हाम्रो ५ नम्बर वडाध्यक्षले मात्रै यसो गर्नुभएको अन्य कसैले दोहोरोो सुविधा लिएको छैन ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले आफु गाउँपालिकामा सरुवा भएर आउनुभन्दा अगाडीदेखि नै वडाध्यक्ष बलालले सुविधा लिइरहेको बताए । “म भर्खरै मात्रै गुल्मी दरवार गाउँपालिकामा आएको छु” उनले भने, “कार्यपालिकाको वैठकमा वसेर यसको समाधान गर्नतिर लाग्छौँ ।” 

एक जना वडाध्यक्ष बाहेक जिल्लामा प्रतिनिधी तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने, गाउँपालिका तथा नगरपालिका प्रमुख उपप्रमुख र वडाध्यक्षहरुसगै वडा सदस्य र कार्यपालिका सदस्यहरु कसैले पनि दोहोरोो सुविधा लिएका छैनन । जिल्लाका स्थानीय तहका अधिकाशं जनप्रतिनिधी नेपाल सरकारको अवकास प्राप्त कर्मचारीहरु नै रहेका छन । 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय