८ बैशाख २०८१, शनिबार

स्थानीय तहबाटै लाइसेन्स दिने व्यवस्था गर्न सांसद केसीको सुझाव

कपिलवस्तु । आइतबार प्रदेशसभाको भौतिक पुर्वाधार तथा विकास समितिको बैठकमा विधेयकमाथी संसोधन दर्ता गराएका प्रदेशसभा सदस्य अर्जुन कुमार केसीले स्थानीय तहबाटै लाइसेन्स दिने व्यवस्था गर्न सुझाव दिएका छन ।

उनले लाइसन्स बितरणमा गरिएको कडाइका कारण ८० प्रतिशत ट्रयाक्टर चालक र व्याट्रीबाट चल्ने तिन पांग्रे सवारी चालकसँग लाइसन्स नरहेको र त्यसको ट्राफिक प्रहरी र प्रहरीले गलत फाइदा उठाएको दाबी गरे ।  उनले लाइसन्स बितरण प्रक्रियालाई सहज र सरल बनाउनुपर्ने बताउँदै लाइसन्स बितरण स्थानीय तहबाटै हुने व्यवस्था मिलाउन माग गरे ।

प्रदेश नं ५ का प्रदेशसभा सदस्यहरुले सवारी चालक परिचयपत्र (लाइसन्स) सहज रुपमा प्राप्त गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन । लाइसन्स प्राप्त गर्ने प्रक्रिया झनझटीलो भएका कारण सवारी साधन चलाउन जान्ने कैयौं व्यक्तिहरु लाइसन्स लिनबाट बन्चित भएको भन्दै उनिहरुले त्यसलाई सरल र सहज बनाउनु पर्नेमा जोड दिए ।

सडक सवारी, यातायात तथा परिबहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्यहरुले उक्त कुरामा जोड दिएका हुन । 

अर्का संसोधनकर्ता वैजनाथ कलवारले सवारी चालक अनुमतिपत्रका लागि परिक्षा दिएका परिक्षर्थीले ३ महिनापछि मात्रै पुन परिक्षा दिन पाउने व्यवस्था व्यवहारिक नभएको भन्दै सो समय १५ दिनमा झार्नुपर्ने माग गरे ।
 

प्राप्त प्रतिकृयाहरू

Dhan bahadur basnet लेख्नुहुन्छ (२०७६ जेठ २७ सोमबार ९:१२ pm )

सभासद सदस्य ज्यु को माग देश र जनता को हीत म छ हामी सबै एक भइ यो माग लै प्रस्ताव बनाउनु पर्छ यस्तो नेता जस्ले जनता लाई दुख होइन सुख को बाताबरण बनाउ छ यस्ता प्रतिनिधि लै सहयोग गर्नु पर्छ।

भीमकान्ता अधिकारी लेख्नुहुन्छ (२०७६ जेठ २७ सोमबार २:४९ pm )

धन्यबाद समसध अर्जुनकुमार के सी जी !!! हजूर ले सोचेको कुरा ले हज़ारों दुःखी गरिब जनता ले सुख पाउन सक्छन् !! सलाम छ हजूर लाई !!!!

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्