खारिएका झवि : पसले जागीरदेखि कृषिसम्मको यात्रा  

गुल्मी । केही व्यक्तिका संघर्ष र अनुभव अन्य व्यक्तिका लागि प्रेरणादायी हुन्छन । जीवन जिउनको निम्ति मानिसले गर्नुपर्ने आधारभूत अभ्यासले मान्छेलाई सफल बनाउँछ । यस्तै प्रेरणादायी पात्र बनेका छन तम्घासको उदिनढुंगामा पसल गर्दै आएका झवि पाण्डेय ।

झवि उमेरले ४२ वर्ष लागे । सानै उमेरमा बुवा गुमाएका उनले जीवनमा आएका धेरै कठिनाईहरु झेलेका छन । उनको बाल्यकाल हलो, कुटो कोदालो गरेर दुई भाई, वहिनी र दुई आमाको पालन पोषण गर्दैमा सिमित रह्यो । कुटो कोदालोमा दिनचर्या कटाईरहेका उनीले तम्घासको गोमाराज श्रेष्ठको पसरमा जागिर पाए । यही पसलको जागिर नै उनको प्रेरणाको श्रोत बन्यो । 

पारिवारीक अवस्था कमजोर त्यसमा पढाई र साहुको जागिर व्यवहारमा उतान निकै कठिनाई प¥यो उनलाई । बुवाआमापछी उनै गोमाराजको जागीर र उनको प्रेरणाले यहाँसम्म ल्याएको झवि बताउँछन । ७ वर्षको जागीरपछी दुखःसुख सानो लागानीमा व्यापार थालेका पाण्डेय आफनो व्यापारको १२ वर्षको दौरानमा छन् । 

रेसुङ्गा नगरपालिका ४ सेउघा घर भएका उनीसँग अहिले केही काम गर्नका लागि गाउँ उनको सल्लाह नलिने कमै होलान् । उनले आफु जुनसुकै समय गाउँको बारेमा चिन्ता र समाज कसरी परिर्वतन हुन्छ ? भन्ने सोच राख्ने युवा भएको बताए । उनी सामाजिक संजाल फेसबुक मार्फत विभिन्न लेखहरु, सामाजिक सन्देश तथा सुचना छिटो छरितो प्रवाह गर्छन । 

“स्वदेशमा केही कमाई छैन् जागीर पनि छैन भनेर हुँदैन बिदेशमा गर्ने श्रमको आधा श्रम यहाँ गरे मनग्य कमाई गर्न सकिन्छ”

यति मात्रमा सिमित छैन उनको दिनचर्या । उनले व्यापारसँगै खाली समयको सदुपयोग गर्न कृषि पेशामा लागेका छन । गाउँकै चुराबहादुर कुँवर र उनले ४ रोपनी जग्गा भाडामा लिएर व्यवसायिक कृषि गर्दै आएका छन । पाण्डेय र कुँवरले युवाहरुको वढ्दो विदेश मोहलाई स्वदेशमै केहि गर्न सकिन्छ भन्ने सन्देश दिन कृषि पेशामा लागेको बताउँछन । 

समाजमा अगुवा व्यक्तिले नै केही गरेर अरुलाई पनि केहि गरौँ भन्ने सन्देश दिन सानो लगानीबाटै व्यवसायिक कृषि खेतीको सुरुवात गरेको पाण्डेयले बताए । ३–४ महिना अघिदेखि उनीहरु कृषिमा लागेका हुन । सानो लगानी र सानो क्षेत्रफलबाट कृषिलाई अंगालेमा झबिले एक वर्ष भित्र दश रोपनी क्षेत्रफलमा कृषिलाई बिस्तार गर्ने बताए । 

गुल्मीमै पहाडी भेगमा पहिलो पटक सिम्ला म्रिचको तरकारीको परिक्षण गरेको उनले बताए । यसका अलवा उनले काक्रोे, बोडी र टमाटरको खेती परिक्षणको रुपमा सुरुवात गरेका छन् । बेमौसी ताजा तरकारीहरु उत्पादन गर्ने र यस उत्पादनलाई बढाएर लैजाने व्यवसायी पाण्डेयले बताए । 

पहिलो चरणमा एक लाख पचास हजार भन्दा वढी रकमबाट तरकारी खेती सुरु गरेका पाडेय र कुँवरले सफलता मिल्दै जान थालेकाले लगानी र क्षेत्रफल बढाउने सोच बताएको बताउँछन । उनीहरुले कृषि पेशा थाल्नुको एउटै लक्ष्य र अरुलाई पनि कृषिमा आकर्षित गर्ने ।  

गाउँ ठाउँमै केहि गर्न सके रोजगारी पनि सृजना हुने र कमाई पनि गर्न सकिने भएकाले यसप्रति रुचि देखाएको पाण्डेयले बताए । “स्वदेशमा केही कमाई छैन् जागीर पनि छैन भनेर हुँदैन बिदेशमा गर्ने श्रमको आधा श्रम यहाँ गरे मनग्य कमाई गर्न सकिन्छ” झविले भने । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय