खर्वाङमा पोषण प्रवद्र्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बागलुङ । स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा खर्वाङमा गर्भवती महिला तथा बालबालिकाहरुको पोषण प्रवद्र्धन सम्बन्धि सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रम गरिएको छ । 

बडिगाड गाउँपालिका वडा नं. २ भित्रका गर्भवती तथा हजार दिन भित्रका आमाहरुको सहभागिता रहेको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका सहजकर्ता चुरामणि कँडेलले सहजीकरण गरेका थिए । खर्वाङ वर्थिङ सेन्टरको समन्वयमा भएको कार्यक्रममा स्थानीय स्वास्थ्यकर्मिहरुको समेत सहभागिता थियो । 

कार्यक्रममा बालवालिकाको लागी आवश्यक लिटोसहित खाना वनाउने, पोषण सुधारको लागी प्रयोग गर्न सकिने वस्तुलगायतका विषयमा जानकारी गराइएको थियो । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय