जहाँ किशोरीका स्तन तातो ढुंगाले डामिन्छ, किन ?

स्तनमा इस्त्री लगाउने सुन्दैमा कस्तो डरलाग्दो तथा अपत्यारिलो लाग्नसक्छ । तर भर्खरै वक्षस्थल बढ्दै गरेका किशोरीहरुको छाती सम्याउनका लागि उनीहरुको छातिमा तातो ढुंगाले डामेर इस्त्री लगाउने यो क्रुर परम्पराबाट विश्वका ३८ लाख महिलाहरु पीडित छन ।

किशोरी तथा युवतीहरुको छाति नबढोस, बैँश चढेको नदेखियोस र उनीहरुमाथि बलात्कार र यौन दुव्र्यवहार नहोस भन्नका लागि कुरकुरे वैश चढ्दै गरेका नानीहरुको छातिमा इस्त्री लगाउने गरिएको राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ ।

यो प्रक्रिया अन्तरगत एउटा ठूलो चेप्टो ढुंगा र हामरलाई बलिरहेको कोइलामा मज्जाले तताइन्छ अनि उक्त तातो ढुंगालाई किशोरीहरुको बढ्दै गरेको वक्षस्थलमा ल्याएर डामिन्छ । जसका कारण किशोरीका स्तनका सबै तन्तुहरु डढेर मर्दछन र उनको छातिमा पलाउँदै गरेको वैँश नासिन्छ ।

अफ्रिकी महादेशका क्यामरुन, नाइजेरिया तथा दक्षिण अफ्रिका लगायतका देशमा यो प्रथा व्यापक रुपमा रहेको र ५८ प्रतिशत घटनामा किशोरीहरुलाई आफ्नै आमाले छोरीहरुलाई ढुंगाले डाम्ने गरेको पाइएको राष्ट्रसघंले जनाएको छ ।

११ देखि १५ वर्ष उमेरका किशोरीहरुको छातिमा स्तन बढेको नदेखियोस र उनीहरु बच्चा जस्तै देखिउन अनि पुरुषहरुको गिद्दे नजर आफ्ना छोरी चेलीहरुमा नपरोस भन्नका लागि आमाबुवाले छोरीहरुलाई यस्तो क्रुर अपराधको शिकार बनाइरहेका हुन ।

यसो गर्नुमा खासगरी आमाहरुको सतविचार लुकेको हुन्छ । छातिका टाकुराहरु हर्लक्क बढ्ने र छिटै बैँस चढेको देखिने हो भने छोरीहरुको बिहे छिटो गर्नुपर्छ र राम्रोसँग पढ्न पाउँदैनन भन्ने डरका कारण पनि आमाहरुले यसरी किशोरी छोरीको छाति सम्याइदिने गर्दछन ।

कतिपय अवस्थामा त आफ्नो लोग्नेलाई समेत थाहै नदिइ श्रीमतीहरुले छोरीको छातिमा इस्त्री लगाइदिने गरेको समेत पाइएको छ । आमाले आफ्नै भलाईका लागि यस्तो गरेको विश्वासमा किशोरीहरु पनि ठूलो पीडा सहेर चुपचाप बस्दछन ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय