कृषकलाई आधुनिक कृषि औजार 

दाङ । दाङको लमही ९ हर्दवाको स्मार्ट कृषि गाउँमा रु २५ लाख मूल्य बराबरका कृषि औजार हस्तान्तरण गरिएको छ ।

कस्टम हाईरिङ सेन्टर स्थापनाका लागि स्मार्ट कृषि गाउँमा कृषिसँग सम्बन्धित विभिन्न औजारहरु आईतबार किसानलार्ई हस्तान्तरण गरिएको हो । प्रदेश नं ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्मा र कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्णबहादुर बस्नेतले संयुक्त रूपमा पावर टिलर, मकै गोड्ने, छोडाउने मेसिन किसानलाई हस्तान्तरण गरेका हुन ।

प्रदेश नं ५ सरकारले प्रत्येक प्रदेश निर्वाचन क्षेत्रको एउटा गाउँलाई स्मार्ट कृषि गाउँ बनाउने योजनाअनुसार हर्दवालाई दाङ क्षेत्र नं १ को प्रदेशसभा १ बाट स्मार्ट कृषि गाउँ बनाउन लागिएको हो । अहिले त्यहाँ कागती र बाख्रामा नमूना गाउँ बनाउनका लागि कार्यक्रम अघि बढाइएको छ ।

हर्दवामा कागतीको उत्पादन राम्रो हुने भन्दै त्यसको उत्पादन बढाउन किसानहरुलाई आधुनिक कागती खेतीतर्फ उन्मुख गराउन थालिएको छ । प्रदेश सरकारले प्रदेशसभाको हरेक निर्वाचन क्षेत्रमा ५० लाखको बजेटमा स्मार्ट कृषि गाउँ बनाइएको छ । दाङमा ६ वटा स्मार्ट कृषि गाउँ रहेका छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय