८ बैशाख २०८१, शनिबार

लाफा समुहको दशौं रक्तदान कार्यक्रम 

बुटवल । लाफा समुह बुटवलले दशौँ रक्तदान कार्यक्रम गरेको छ । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा “जति धेरै रगतदान, त्यति धेरै जीवनदान” भन्ने मुल नारासहित रक्तदान कार्यक्रम गरेको हो । 

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका ८ का अध्यक्ष भिम बहादुर श्रेष्ठले रगतको अभावमा अस्पतालमा कसैको पनि मृत्यु नहोस भन्ने अभियानका साथ रक्तदान कार्यक्रम भएकोमा खुसी व्यक्त गरे । रगत संकलनको मात्रालाई बढाउनुपर्ने आवश्यकता रहेको बताउँदै उनले नियमित रक्तदानले स्वास्थ्यका लागि समेत फाईदा गर्ने बताए ।

श्रेष्ठले लाफा समुहले समाजमा थुपै सामाजिक कामहरु गर्दै आएकोमा प्रशंसा गरे । समुह स्थापना भएको धेरै बर्ष भएतापनि दर्ता हुन नसकिरहेको अवस्थामा केहि दिन अगाडी मात्रै दर्ता भएकोमा शुभकामना समेत दिए । 

समुहले सामाजिक उत्तरदायित्व बहन गर्ने गरी ६/६ महिनाको अन्तरालमा बर्षको दुई पटक रक्तदान कार्यक्रम गर्दै आएको समुहका संरक्षक बासुदेव लामिछानेले बताए । रक्तदान कार्यक्रमबाट ११० युनिट रगत संकलन गरिएको छ ।

कार्यक्रममा नयाँ कार्यसमितीलाइ सम्मान समेत गरिएको थियो ।

समुहले खेलकुदको क्षेत्रमा भलिबल, फुटवल र विषेश गरी ब्याडमिन्टनका ४४ जना खेलाडीहरुलाइ ट्रेनिङ्ग दिदैँ अएको छ । समुहमा ५५ सदस्यहरु छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्