७ बैशाख २०८१, शुक्रबार

१० हजार हेक्टरभन्दा बढी वन अतिक्रमण

कपिलवस्तु । कपिलवस्तु जिल्लामा साढे १० हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने वनको जग्गा विभिन्न व्यक्ति, संघसंस्था, विद्यालय, मठमन्दिरको नाममा अतिक्रमण गरिएको हो । 

वन डिभिजन कार्यालयका अनुसार जिल्लामा १० हजार ६ सय ४४ हेक्टर वन अतिक्रमणमा परेको छ । भूउपयोग चित्र २००१ अनुसार कपिलवस्तु जिल्लामा ६२ हजार एक सय १२ हेक्टर वनक्षेत्र छ । जिल्लामा पटना, गुगौली, खरेन्द्रपुर, वीरपुर र बिसुनपुर इलाका वन कार्यालयअन्तर्गतको क्षेत्र बढी अतिक्रमणमा परेको छ ।

त्यसै क्रममा सबैभन्दा बढी जिल्लाको बाणगंगा नगरपालिकाको पटनामा सबैभन्दा बढी वनक्षेत्र अतिक्रणमा परेको वन डिभिजन कार्यालय कपिलवस्तुको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

बाणगंगा नगरपालिका–४ साविकको पटना गाविसअन्तर्गत पर्ने वनक्षेत्रको आधाभन्दा बढी भाग अतिक्रमणमा परेको छ । त्यहाँको कलु वनक्षेत्र तीन हजार पाँच सय हेक्टरबाट खुम्चिएर करिब एक हजार ६ सय हेक्टरमा सीमित भएको छ । 

वर्षौँदेखि अतिक्रमणको चपेटामा परेको सो क्षेत्रमा एक हजार आठ सय पाँच हेक्टर वन विभिन्न बहानामा मासिएको छ । नागरिक दैनिकमा किरणमान बज्राचार्यले समाचार लेखेका छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्