पाल्पामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बाँदर लखेट्न खर्चने योजना

बुटवल । पाल्पाका १० स्थानीय तहमध्ये रिब्दिकोट र रम्भा गाउँपालिकाले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेका छन ।

बगनासकाली गाउँपालिकाले तयारीसमेत गरेको छैन । रोजगार संयोजक कामना पराजुली व्यक्तिगत कामले कार्यालय नआएपछि काम अघि वढ्न नसकेको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताए । ‘हाम्रो गाउँमा बाँदर धेरै छन, किसानलाई हैरान पारेका छन, प्रधानमन्त्री रोजगार कार्यक्रममा आएको रकम बाँदर लखेट्ने काम गराउने योजना छ,’ उनले भने । 

माथगढी गाउँपालिकाले वडैपिच्छे दुई दुई लाख बाँडे पनि हालसम्म वडा नम्बर ८ ले मात्रै काम सुरु गरेको छ ।

तिनाउ गाउँपालिकाले बाँडेको बजेटअनुसार कार्यक्रम सुरु भए/नभएको जानकारी समेत लिएको छैन । ‘रकम दिएको हो, वडाध्यक्षहरुले के गरेका छन बुझ्नुपर्छ,’ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती भन्छन, ‘दालचिनी र अम्रिसो रोप्ने भन्ने निर्णय भएको थियो ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय