खजुराको प्रशासनिक केन्द्र भवन बन्ने

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा पालिकाको केन्द्र तोकेको बी गाउँमा अत्याधुनिक प्रशासनिक भवन निर्माण हुने भएको छ । सिंहदरबारको झझल्को दिने गरी बनाइने उक्त प्रशासनिक भवनको डिपिआर तयार भइसकेको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

यसअघि खजुरा गाउँपालिकाको चौथो गाउँसभाले केन्द्र रहने स्थानको टुङ्गो लगाएको थियो । प्रशासनिक केन्द्र नयाँ ठाउँमा सार्ने निर्णयसँगै प्रारम्भिक काम शुरु भएको बताइएको छ । करीब ६ बिगाहा क्षेत्रफलमा झण्डै रु दुई करोडको लागतमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुने इञ्जिनीयर विवेक लामिछानेले बताए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय