नेरा त्रिभुवन माविको प्रअमा सुरेन्द्र नेपाली नियुक्त

गुल्मी । जिल्लाको मुसिकोट नगरपालिका २ को नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयको प्रधानाध्यापकमा सुरेन्द्र नेपाली नियुक्त भएका छन ।

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको सयुक्त बैठकले नेपालीलाई प्रअमा नियुक्त गरेको हो । प्रअको जिम्मेवारी सम्हाल्दै आएका तेज बहादुर महतले अवकास लिएपछि रिक्त भएको प्रअको पदमा बैठकले नेपालीलाई नियुक्त गरेको हो । नेपालीले ०७१ देखि सो विद्यालयमा अध्यापन गराउँदै आएका छन ।

कक्षा १० सम्म अध्यापन हुने विद्यालयले ०७५ माघ २१ देखि २९ गतेसम्म महायज्ञ सञ्चालन गरी विद्यालयमा प्राविधिक धारतर्फको कृषि विषय अध्यापनको तयारी गरेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय