६ बैशाख २०८१, बिहीबार

 ग्लोबल आईएमईको पराल्मीमा शाखारहीत बैंकिङ्ग सेवा 

गुल्मी । ग्लोबल आईएमई बैंकले ग्रामीण बस्तीहरुमा बैंकिङ्ग सेवा दिने उदेश्यले जिल्लाको रेसुङ्गा नगरपालिका १४ पराल्मीमा शाखा रहीत बैंकिङ्ग सेवा बिस्तार गरेको छ । बैंकले सदरमुकामबाट टाढा पर्ने ग्रामीण बस्ती पराल्मीमा शाखा रहीत सेवा बिस्तार गरेको हो ।

शाखारहित बैंकिङ्ग सेवा बिस्तार भएसँगै पराल्मी, रातामाटा भेगका स्थानियलाई सरल र सुलभ तवरले सेवा प्रदान गरिने तम्घास शाखा प्रमुख योगेन्द्र रायमाझीले बताए । यससँगै शाखासहित बैंकका शाखा रहित बैंकिङ्ग सेवा संख्या १ सय ४६ पुगेको छ । ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैकिङ्ग सेवा पु¥याउने उदेश्यले बिभिन्न स्थानमा शाखा एक्सटेन्सन काउन्टर तथा शाखा रहित बैंकिङ्ग सेवा  मार्फत ग्राहकहरुलाई सेवा दिँदै आएको छ । 

हाल नेपाल भर बैंकका १ सय ३७ वटा  शाखा, १५ राजश्व काउन्टर, १ सय ४२ एटिएम र १० वटा एक्सटेन्सन काउन्टर छन् । बैंकले नेपाल बाहिर ३ प्रतिनिधि कार्यालय मार्फत आफना १० लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले अत्याधुनिक प्रबिधियुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इनटरनेट बैंकिङ्ग सेवाको साथमा रु १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा प्रदान गर्दै आइरहेको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्