क्यानसर पिडितलाई रोट्रयाक्ट क्लवको सहयोग

कपिलवस्तु । कपिलवस्तुको वुद्धभुमी नगरपालिकाकी दिपा थापालाई रोट्रयाक्ट क्लवले संकलन गरेको सहयोग रकम हस्तान्तरण गरेको छ ।  विगत केहि महिनादेखी वल्ड क्यानसरबाट पिडित बनेकी थापालाई वचाउन ‘दिपा थापा वचाउ अभियान’ संचालन गरेको क्लवका अध्यक्ष प्रदीप खनालले वताए ।

क्लवले संचालन गरेको अभियानबाट संकलन भएको ४२ हजार १ सय ५० रकम पिडित परिवारलाई वुझाएको खनालले वताए । पारिवारिक अवस्था कमजोेर रहेको र दिपालाई वचाउनुपर्छ भन्ने उद्देश्यले अभियान संचालन गरेको उनले बताए ।

हस्तारन्तरण कार्यक्रममा वुद्धभुमी नगरपालिका वडा न ९ का अध्यक्ष खुमानन्द न्यौपानेले रोट्रयाक्ट क्लवले गरेको कामको प्रशंसा गरे । सामाजिक काममा सक्रिय रहेको क्लवको सानो सहयोगले दिपाको उपचारमा ठुलो राहत मिल्ने भन्दै सहयोगी हातहरुलाई धन्यवाद दिए ।

त्यस्तै सोहि कार्यक्रममै साना किसान सहकारीको तर्फवाट १० हजार सहयोग गरिएको छ । दिपाका परिवारले सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय