७ बैशाख २०८१, शुक्रबार

बाँदरको आक्रमणबाट पाल्पाको छेर्लुङ्गमा एक महिला गम्भीर घाईते 

पाल्पा । जिल्लाको तानसेन नगरपालिका १३ छेर्लुङ्गमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाईते भएकी छन । 

घर नजिकैको ठुलापोखरा भन्ने स्थानमा खेतमा काम गर्दै गरेको अवस्थामा एक्कासी बाँदरले आक्रमण गर्दा स्थानिय ३३ वर्षीय कमला खरेल गम्भीर घाइते भएकी हुन । करिब डेढ/दुई सयको संख्यामा आएको बाँदरको समुहले खेतमा काम गर्दै गरेकी कमललाई आक्रमण गरेको स्थानिय खड्क बहादुर केसीले धरातललाई जानकारी दिए ।

बाँदरको आक्रमणबाट गम्भीर घाईते भएकी कमलाको दुबै खुट्टामा गहिरो चोट लागेको छ । उनी छेर्लुङ्गकै स्वास्थ्य एकाईमा प्राथमिक उपचार गरी घर फर्किएकी छन । घटना मङ्गगलबर बेलेकी पख भएकोले रातको समयमा तानसेन ल्याउन सम्भव नभएकोले घाईते कमलालाई बुधबार विहान मात्रै थप उपचारको लागि तानसेन ल्याउने तयारी भएको केसीले बताए ।

यस अघि पनि सोही गाउँमा बाँदरको आक्रमणमा परी दुई महिला घाईते भएका थिए । पछिल्लो समय पाल्पामा बाँदर आंतकका घटना एकपछि अर्को गरि बढी रहेका छन । बाँदरको आंतकले गाउँघरमै बस्नै नसक्ने अवस्था रहेको गुनासो लिएर पटक–पटक स्थानिय सरकारदेखि प्रदेश सरकारसम्म हारगुहार गर्दा पनि समस्या समधान तर्फ स्थानिय सरकारले चासो नदिएको स्थानियको गुनासो छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्