७ बैशाख २०८१, शुक्रबार

इस्माका महिलाहरुलाइ उद्घोषण तालिम

गुल्मी । इस्मा गाउँपालिकाका महिलाहरुका लागि तीन दिने उद्घोषण तालिम बुधवारदेखि सुरु भएको छ । महिलाहरुलाइ बोल्न सिक्ने क्षमताको विकास गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिमको आयोजना इस्मा गाउँपालिका र सहजीकरण सेवा संचार गुल्मीले गरेको छ । 

तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले समाज परिवर्तन गर्नका लागि महिला शसक्तिकरण हुनु आवश्यक रहेको बताए । समाज रुपान्तरणको महत्वपूर्ण हिस्सा ओगटेका महिलाहरुको क्षमता विकासका लागि गाउँपालिकाले विशेष नीति तथा कार्यक्रम संचालन गरिरहेको उनले बताए । उनले लक्षित वर्गमा विनियोजित बजेटले महिलाहरुको क्षमता विकासमा सघाउ पुगेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष विमला खत्रीले महिलाहरुलाइ सक्षम बनाउन गाउँपालिकाले विशेष योजना बनाइरहेको बताइन । राज्यका हरेक तहमा महिलाहरुको नेतृत्व हुनुपर्नेमा जोड दिँदै उनले स्थानीय सरकारले नै उनीहरुलाइ सक्षम बनाउनुपर्ने धारणा राखिन् । सभ्य समाज निर्माण गर्नका लागि महिलाहरुलाइ जागरुक हुन समेत उनले आग्रह गरिन् । 

यस्तै वडा नम्वर ५ का अध्यक्ष कलानिधी भण्डारीले आफ्ना कुरा राख्न नसक्ने महिलाहरुले समाजको नेतृत्व गर्न नसक्ने बताए । 

शुक्रवारसम्म चल्ने तालिममा इस्माका ६ वटै वडा ३० जना महिलाहरुको सहभागीता छ । महिलाहरुको शसक्तिकरणका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्