१६ चैत २०८०, शुक्रबार

पोखरामा गोली चल्यो

पोखरा । पोखराको उत्तमचोकमा गोली चलेको छ । कारोबारी  लागू औषध लिएर हिँहेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरी जनाएको छ ।

निरीक्षक गणेश सुवेदीका अनुसार प्रहरीले चलाएको गोलीबाट खुट्टामा गोली लागेर गोविन्द थापा घाइते भएका छन् । देब्रे खुट्टाको घुँडा मुनी गोली लागेका थापाको पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पश्चिमाअञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । गोली लागेर घाइते भएका थापाको अवस्था खतरामुक्त रहेको अस्पतालका डाक्टर सुमन पौडेलले बताए ।

उनको साथबाट कम्तिमा १५ सय सेट लागु औषध बरामद भएको छ । पक्राउ परेका थापा यसअघि लागु औषध ओसार पसार गरेको आरोपमा दुबईमा पनि पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीले थापा लागु औषध प्रयोगकर्ता र कुख्यात लागु औषध कारोबारी रहेको जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्