सौर्यऊर्जाबाट पानी तानेर खानेपानीको सुविधा

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका ४ मित्यालमा सौर्यऊर्जामार्फत पानी तानेर खानेपानीको सुविधा उपलब्ध गराइएको छ । यससँगै एक गाग्री पानीका निम्ति आधा घण्टा हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको छ । 

प्रदेश नम्बर ५ सरकारको पहलमा गाउँदेखि करीब ६ सय मिटर तलबाट पानी तानिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाले जिल्लामै पहिलो पटक सौर्य ऊर्जाबाट मित्यालमा खानेपानी योजना सम्पन्न गरेको इञ्जिनीयर मातृका गौतमले बताए ।

प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदान गरी करीब एक करोडको लागतमा खानेपानी योजना सम्पन्न भएको कार्यालयका सबइञ्जिनीयर नारायण अर्यालले बताए ।

यस वर्ष मुहानबाट पानी तानेर ट्याङ्कीमा जम्मा गर्ने र आगामी आर्थिक वर्षदेखि शुरु गरेर घरघरमै धारा निर्माण गरेर खानेपानी सुविधा उपलब्ध गराइने खानेपानी उपभोक्ता समितिका अध्यक्ष जबरसिह सारुले जानकारी दिए । पियाङ्डी खानेपानी लिफ्टिङ योजना सम्पन्न भएलगत्तै करीब ६५ घरपरिवार लाभान्वित हुनेछन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय