७ बैशाख २०८१, शुक्रबार

बाटोमा हिड्दा हिड्दैँ चट्याङले लागेपछि मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झिन्कु लोनिया रहेका छन् ।

आज दिउँसो १ः४५ बजेको समयमा बाटोमा हिँडिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा प्रतापपुर गाउँपालिका–५ बेताहानीका ६५ वर्षीय लोनियाको मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई अस्पताल पु¥याईदा चिकित्सकले मृत घोषणा गरिदिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्